हेटौंडा–साहित्यकार एवम् पत्रकार गिरिजा अधिकारीको शब्द रहेको गीत ‘ए सरकार–२’ सार्वजनिक भएको छ ।

देशमा व्याप्त अभाव, गरिबी र भ्रष्टाचार माथि तीखो व्यङ्ग्य प्रहार गरिएको गीतमा विकास पाण्डेको संगीत तथा गायक देवेन्द्र कार्कीको आवाज रहेको छ । गीतमा सरकार प्रतिको चरम वितृष्णा र खबरदारीलाई एकसाथ समेटिएको छ ।

सरकार र पहुँचमा रहेका व्यक्तिहरुले आफन्त र सालासालीलाई राम्रो स्थानमा जागिर लगाएको भन्दै कटाक्ष प्रहार गरिएको छ ।

भिमफेदी गाइजको अभिनय रहेको भिडियोमा देशको विकृति र विसंगतीलाई कलात्मक शैलीमा देखाइएको छ। निकै आक्रामक शैलीको गीतलाई भिमफेदी गाइजका निर्मलले निर्देशन गरेका हुन् । पवन शुस्लिङको सिनेमेटोग्राफी रहेको गीतको भिडियोमा ऐतिहासिक मकवानपुर गढी दरबारलाई देखाइएको छ ।

हेर्नुहोस् म्युजिक भिडियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here