हेटौंडा–हेटौंडेली युवा व्यवसायी एवम् कलाकार ध्रुव न्यौपाने चलचित्र ‘हिरो रिटन्स’ मार्फत् निर्माताको रुपमा स्थापित हुन लागेका छन् । ध्रुवतारा फिल्मस्को ब्यानरम बनेको चलचित्र ‘हिरो रिटन्स’ २०७६ सालको दशैं तिहारपछि प्रदर्शन हुने तयारीमा छ ।


हालसम्म ३० भन्दा बढी म्युजिक भिडियो र करिब एक दर्जन चलचित्रमा अभिनय गरिसकेका न्यौपानेले पहिलो पटक ध्रुवतारा फिल्मस्को ब्यानरमा ‘हिरो रिटन्स’ निर्माण गरेका हुन् । आफ्नो ब्यानरमा बनेको पहिलो चलचित्र प्रदर्शनमा आउनु अगावै न्यौपानेले वर्सेनि एउटा चलचित्र निर्माण गर्ने घोषणा गरेका छन् । उनले ध्रुवतारा फिल्मस्को ब्यानरमा वर्षमा कम्तीमा एउटा चलचित्र निर्माण गर्ने लक्ष्य लिएको बताए ।


दर्शकले खोजे अनुसारको चलचित्र निर्माण गरी सफल निर्माताको रुपमा स्थापित हुन चाहेको उनको भनाइ छ । अभिनयमा समेत अब्बल मानिँदै आएका न्यौपानेद्वारा निर्मित ‘हिरो रिटन्स’ले दर्शकको मन जित्नेमा आफू विश्वस्त रहेको उनले बताए । करिब १ करोडको लगानीमा बनेको ‘हिरो रिटन्स’को अधिकांश छायाँकन हेटौंडामै भएको छ ।

रेखा थापा, सवीन श्रेष्ठ, सरोज खनाल, दिल श्रेष्ठ, सुशान्त श्रेष्ठ, शुलेमान शंकर लगायतका कलाकारहरुले चलचित्रमा अभिनय गरेका छन् । न्यौपानले हालसम्म क्राइम, प्लान, को हुँ म , सन्त्रास, मनको उजुरी, पायल लगायतको चलचित्रमा साना एवम् ठूलो भूमिकामा अभिनय गरेका छन् । उनी हेटौंडा उपमहानगरपालिका वडा नं ४ का वासिन्दा हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here