हेटौंडा–हेटौंडा १२ पदमपोखरीका शम्भु तिवारीको रचनामा रहेको आधुनिक गीत सार्वजनिक भएको छ । उक्त गीत प्रमुख खरेलले गायका छन् ।

‘एउटा मनमा धेरै तस्विर टाँस्न सिपालु जताततै माया प्रिती गाँस्न सिपालु’ बोलको गीतमा माया प्रेममा हुने धोकालाई दर्दनाक रुपमा प्रस्तुत गरिएको छ । हाइलाइट्स् नेपालले आफ्नो युट्युव च्यालनमार्फत उक्त गीतको भिडियो सार्वजानिक गरेको छ । तिवारीले लेखेको गीतलाई तिलक कट्टेलले संगीत भरेका छन्, भने निरज श्रेष्ठको एरेन्ज रहेको छ ।

हाल तिवारी जापानमा रहेका छन् । उक्त गीतको भिडियोमा शितल, विमल र अनिषको फिर्चड रहेको छ । भिडियोलाई कृष्ण पौडेलले निर्देशन गरेका हुन् भने सीताराम भट्टराईले सम्पादन गरेका हुन । भिडियोलाई युवराज खत्रिले खिचेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here