हेटौडा–नेपाल टेलिभिजन मेगा डान्स रियालिटी शो रियो छमछमी सिजन ४ को उत्कृष्ट १२ मा मकवानपुरकी सन्ध्या आचार्य परेकी छिन् ।

छनौट चरण देखि नै उत्कृष्ट नृत्य कला प्रस्तुत गर्दै आएकी आचार्यको अबको यात्रा भने भोटीङबाट सुरु हुनेछ । उनको नृत्यलाई मन पराउनेले उनलाई भोट गर्न शनिबार राती साढे नौ बजेबाट आईतवार बिहान १० बजेसम्म गर्न सकिन्छ । उनलाई एस.एम.एसबाट भोट गर्न मिल्छ ।

उनलाई भोट गर्न मोबाईलको मेसेज बक्समा गएर सीसी लेखी एक स्पेश छोडेर उनको भोटिङ कोड ०८ लेखि ३१००९ मा पठाउनुपर्ने हुन्छ । टप १२ बाट भोटिङको माध्यमबाट एक जना हट्दै अगाडि बढ्न अब टप ११ छानिने भएको छ । सन्ध्या आचार्य छमछमी सिजन ४ की उपाधीको होडमा हेटौंडाबाट एकमात्रै दाबेदार हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here