हेटौंडा–साहित्य संगम मकवानपुरले ३३ औं सन्ध्या दिवसको अवसरमा विशेष कार्यक्रम गरेको छ । सोमबार हेटौंडामा आयोजित कार्यक्रममा मकवानपुरका एक दर्जनभन्दा बढी साहित्यकारहरुले रचना बाचन गरेका थिए ।

संगमका अध्यक्ष निमेष निखिलको अध्यक्षतामा भएको कार्यक्रममा संगमका पूर्व अध्यक्ष एवम् हास्यब्यङ्ग्यकार आरसी रिजालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमकाबीच साहित्य संगमको नियमित कार्यक्रममा उपस्थित हुने साहित्यकार यमनदेव उत्प्रेरकलाई सन्ध्या सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा संगमकी उपाध्यक्ष अनिता न्यौपानेले सहभागीलाई स्वागत गरेका थिए । कार्यक्रममा साहित्यकार पुरुषोत्तम आचार्य, दीपक गौतम, देवराज तिवारी, तुल्सी घिमिरे, राजकुमार लामिछाने, लक्ष्मी कँडेललगायतले रचना बाचन गरेका थिए । ३३ वर्षअघि स्थापना भएको संगमले हेटौंडामा हरेक महिनाको दोस्रो शनिबार नियमित साहित्य सन्ध्याको आयोजना गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here