हेटाैंडा–प्रगतिशील लेखक संघ मकवानपुरकाे आयाेजनामा शनिबार प्रगतिवादी कवि केशव शिलवालकाे एकल कविता साँझकाे आयाेजना गरिएकाे छ । संघकी अध्यक्ष शान्तिप्रिय बन्दनाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी मकवानपुरकी अध्यक्ष मुनु सिग्देलकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।

शिलवालले अपराध, सवाई सुन, साना मानिसका पुँजी, तुइनमा उल्टाे झुन्डिएकाे केटी, सतर्क रहनुस्, चिबे चरा, ङा चेपाङलगायतका शीर्ककका एक दर्जन कविता सुनाएका थिए । उनले आफ्ना कवितामार्फत सामाजिक राजनीतिक विकृति र विसंगतिमाथि व्यङ्ग्य गर्दै सुधारकाे अपेक्षा व्यक्त गरेका थिए ।

उनका कवितामाथि टिप्पणी गर्दै समीक्षक घनश्याम घिमिरेले सिमान्तकृतहरुकाे अावाज बाेल्ने कवि भएकाे टिप्पणी गरे । भाैगाेलिक सिमान्तताले उब्जाएका समस्याहरु शिलवालले कवितामा उतारेकाे घिमिरेकाे भनाइ थियाे । कवितामा शाेषित वर्गकाे अावाजकाे प्रतिनिधित्व गर्दै शासक र सत्ताकाे मारमा परेकाहरुकाे आवाज बाेल्ने विद्राेही कविकाे रुपमा घिमिरेले शिलवाललाई चित्रण गरे ।

कार्यक्रममा शिलवालकाे व्यक्तित्व र कृतित्वमाथि कवि छम गुरुङ, सर्जक सञ्जाल मकवानपुरका संयाेजक निमेष निखिललगायतले मन्तव्य व्यक्त गरेका थिए । शिलवालका दुई कविता संग्रह प्रकाशित भइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here