हेटौंडा– हेटौंडामा जारी जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार तीन खेल भएका छन् । खेलमा रियल स्टार, पदमपोखरी र डाँफे युथ क्लव नकआउट चरणमा प्रवेश गरेका छन् ।

रियल स्टारले एचसीएच एफसी चाइनाक्वाटरलाई २–१ गोलअन्तरले हराएको हो । एफसी चाइनाक्वाटरले सुरुवाती अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा उसले हार बेहोरेको छ । चाइनाक्वाटरको तर्फबाट राजकुमार लामाले एक गोल गरे पनि रियल स्टारका तर्फबाट मरिच भोलन र सुवास लोप्चनले एक÷एक गोल गरेपछि चाइनाक्वाटर निरिह बनेको थियो ।

खेलमा रियल स्टारका गोलकिपर सञ्जिव थिङ म्यान अफ द म्याच घोषित भए । दिउँसोको दुई खेल भने गोलरहित बराबरीमा टुङ्गिएको छ । पदमपोखरी युवा क्लब र चुरेकालिका युवा क्लब तथा न्यू डाँफे यूथ क्लब र पिप्ले युवा क्लबले गोलरहित बराबरी खेलेका थिए । गोलरहित बराबरी खेले पनि पदमपोखरी र डाँफे अंक बाँड्दै नकआउट चरणमा प्रवेश गरेका हुन् ।

खेलमा म्यान अफ द म्याच पदमपोखरी युवा क्लबका सिरी लामा र दोस्रो खेलमा डाँफे यूथका फत्तेमान घले भए । असोज ११ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका ३३ क्लवको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले १ लाख र उपविजेताले ५० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगितामा आज शुक्रबार पहिलो खेल हटिया स्पोर्टस् एकेडेमी र इन्टरनेट सिटीबीच हुनेछ । दोस्रो खेलमा युनाइटेड नाइन क्लव र बिजय युथ क्लव भिड्नेछन् । तेस्रो खेलमा हाँडीखोला युवा क्लवविरुद्ध परेली युवा क्लव भिड्नेछ । अन्तिम खेलमा आरआर एफसी र एफसी नामटारबीच प्रतिष्पर्धा हुने प्रतियोगिता संयोजक अमृत लुङ्वाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here