हेटौंडा– मकवानपुरे हास्यब्यङ्ग्यकार रामचन्द्र आचार्य ‘फुर्सती’लाई ज्ञानदीप हास्यव्यङ्ग्य सम्मान प्रदान गरिएको छ ।

८४ औं भैरव अर्याल जयन्तीको अवसरमा आइतबार ज्ञानदीप शिक्षा (जीएस) निकेतन माविले आचार्यलाई सम्मान प्रदान गरेको हो । विद्यालयका प्रिन्सिपल ईश्वर लामिछानेको अध्यक्षतामा कार्यक्रम भएको हो । हास्यव्यङ्ग्य लेखनको क्षेत्रबाट समाज परिवर्तनको पक्षमा कलम चलाएको भन्दै अग्रज हास्यव्यङ्ग्य साहित्यकार अचार्यलाई सम्मान प्रदान गरिएको हो । उक्त अवसरमा विशिष्ट अतिथि तथा सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिलले हास्यव्यङ्ग्य लेखन, नेपाली हास्यव्यङ्ग्यय लेखनमा भैरव अर्यालको यनेगदानबारे चर्चा गर्दै सम्मानित स्रष्टा फुर्सतीको व्यक्तित्व र कृतित्वबारे बोलेका थिए ।

कार्यक्रममा हास्य– व्यङ्ग्यकार डा. गणेशकुमार पौडेल, राजकुमार लामिछाने, मीनप्रसाद लामिछाने, सानुभाई विश्वकर्मा तथा युवाकवि पुरुषोत्तम आचार्यले आफ्ना यङ्ग्य रचना तथा छन्दोबद्ध रचना प्रस्तुत गरेका थिए । विद्यालयले विगत तीन वर्षदेखि भैरव जयन्तीको दिन हास्यव्यङ्ग्य विशेष कार्यक्रम गर्दै आएको छ । आगामी दिनमा समेत उक्त कार्यक्रमलाई निरन्तरता दिइने विद्यालयका प्रिन्सिपल ईश्वर लामिछानेले जानकारी दिए । विद्यार्थीमा हास्यव्यङ्ग्य चेत भर्नको लागि कार्यक्रम आयोजना गरिएको विद्यालयका सहायक प्रिन्सिपल एवम् नेपाली विषय शिक्षक दीपक गौतमको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here