हेटौंडा– हेटौंडामा जारी दानबहादुर श्रेष्ठ स्मृति मकवानपुर जिल्ला फुटबल लिग फुटबल प्रतियोगितामा थप तीन क्लवले क्वाटरफाइनलको यात्रा तय गरेका छन् ।
सोमबार भएको खेलबाट रियल स्टार क्लव, पदमपोखरी, एफसी पोताला र सहिद स्मृति क्लव फापरबारी क्वाटरफाइनलमा प्रवेश गरेको हो । सोमबार भएको
खेलमा रियल स्टारले प्रतिभा क्लवलाई, पोतालाले एफसी इन्टरनेटलाई र सहिद स्मृति क्लवले निब्टा क्लव निबुवाटारलाई हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको हो ।

बिहान भएको पहिलो खेलमा रियल स्टारले उपहार पाएको गोलले क्वाटरफाइनलमा स्थान बनाएको हो । प्रतिभाका सञ्जय लामाले १ गोल गरेका थिए । खेलमा रियल स्टारका सुरज पाख्रिन म्यान अफ दी म्याच भए । यस्तै पोतालाका लागि प्रशान्त तिमल्सिनाले निर्णायक गोल गरेका हुन् ।

तिमल्सिना नै खेलको म्यान अफ दी म्याच भए । सहिद स्मृतिका आशिष घलानले ३० सेकेण्डमा नै गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यस्तै विवेक भोलनले गोल गर्दै अग्रता दोब्बर पारे । निब्टाका सचिन प्रधानले एक गोल गरे पनि हारबाट भने टार्न सकेनन् । खेलमा सहिद स्मृतिको केही प्रहारलाई उत्कृष्ट बचाउ गरेका निब्टाका गोलरक्षक सोतन लामा म्यान अफ दी म्याच घोषित भए ।

जारी प्रतियोगितामा आज मंगलबार पनि तीन खेल हुनेछ । पहिलो खेलमा हटिया स्पोर्ट्स एकेडेमी बिरुद्घ सक्षम युवा क्लब, नेवारपानी र दोस्रो खेलमा लिगको दाबेदार मानिएको विजय युथ क्लब बिरुद्घ हाँडीखोला युवा क्लब र अन्तिम खेलमा मदन भण्डारी स्पोर्टस् एकेडेमीविरुद्घ न्यू डाँफे क्लबको बीचमा हुने लिग संयोजक अमृत लुङ्वाले जानकारी दिए ।

जिल्ला लिगमा ३३ क्लवको सहभागिता रहेको छ । यही असोज ११ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here