हेटौंडा –नेपाल औषधि व्यवसायी संघ मकवानपुरको अध्यक्षमा पुनः सुधिर दाहाल अध्यक्षमा चयन भएका छन् । बुधवार भएको संघको छैठौ अधिवेशनले दाहालको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

जसको उपाध्यक्षमा नारायणलाल श्रेष्ठ, महासचिवमा बिनोद लामिछाने, सचिवमा डिएन शाह, कोषाध्यक्षमा संघर्ष गुरुङ र सहकोषाध्यक्षमा बिष्णु थापा चयन भएका छन् । यसैगरी सदस्यहरुमा सरस्वती स्वराईली, रामु दराई, बिजय शाह, सुशान्त लामा र ज्ञानजन दोर्जे लामा चयन भभएका छन् ।

साधारणसभा उद्घाटन समारोहमा बोल्ने वक्ताहरुले सरकारले औषधि व्यवसायीहरुलाई अनावश्यक दुःख दिने गरेको बताएका थिए । उनीहरुले औषधि व्यवसायीले सरकारले तोकेको परिधिभित्र रहेर व्यवसाय गर्दा पनि बारम्बार अनावश्यक समस्या झेल्ने गर्नुपरेको बताएका थिए । संघका अध्यक्ष सुधिर दाहालको सभाध्यक्षतामा भएको कार्यक्रममा शिक्षासेवी पुरनबहादुर जोशीको प्रमुख आतिथ्यता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here