हेटौंडा– जिल्ला लिग फुटबल प्रतियोगिता २०७६ को उपाधिका लागि न्यू डाँफे क्लव र हटिया स्पोर्टस् एकेडेमी फाइनल भिड्ने भएका छन् ।

लिग चरणमा खासै उत्कृष्ट खेल प्रदर्शन गर्न नसकेको दुवै क्लवले नकआउट चरणमा अनपेक्षित नतिजा निकाल्दै उपाधि नजिक पुगेका हुन् । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडा–४ स्थित लोकतान्त्रिक मैदानमा उपाधिका लागि दुवै टोलीले शनिबार दिउँसो प्रतिष्पर्धा गर्नेछन् ।

बिहीबार भएको सेमिफाइनल खेलमा डाँफे र हटियाले जित निकाल्दै फाइनल भिडन्त पक्का गरेका हुन् । न्यू डाँफेले बुद्ध युवा क्लव हात्तिसुँढेलाई २–१ गोल अन्तरले हराएको हो । डाँफेका तर्फबाट विशाल भ्लोन र विश्वास ढकालले एक÷एक गोल गरे । बुद्ध युवा क्लवको तर्फबाट तारा नेगीले एक गोल गरेपनि टिमलाई हारबाट बचाउन सकेनन् । खेलमा न्यू डाँफेका फत्तेमान घले म्यान अफ दी म्याच भए ।\

यसअघि चार पटकसम्म जिल्ला लिग जितेको एफसी पोतालालाई हराउँदै हटियाले डाँफेसँगको फाइनल भिडन्त पक्का गरेको छ । हटियाका लागि अनिष लुइँटेल र सुरज मोक्तानले गोल गरेका हुन् । पोतालाका विशाल तामाङले एक गोल गरेका थिए । खेलमा हटियाका राजेश पाण्डे म्यान अफ दी म्याच घोषित भए । मकवानपुर जिल्ला लिगको उपाधिका लागि शनिबार दिउँसो २ बजे फाइनल प्रतिष्पर्धा हुनेछ । संयोजक फुटबल संघका कोषाध्यक्ष अमृत लुङ्बाले जानकारी दिए । उपाधि विजेताले नगद १ लाख र उपविजेताले ५० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोोगितामा ३३ टिम सहभागी थिए ।

यसवर्षको प्रतियोगितामा बजारको टोलीमाथि गाउँका क्लवहरु निकै हाबी देखिए ।
बजारका चर्चित टोलीहरु इन्टरनेट, पोताला, विजय युथ, पिप्ले र प्रतिभाले सोचेजस्तो खेल प्रदर्शन गर्न सकेनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here