हेटौंडा– मकवानपुर प्रहरीले ८ किलो चरेससहित एक युवतीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको पटेर्वा सुगौली नगरपालिका वडा नम्बर १ की २४ बर्षीया गिता राई रहेकी छन् । प्रहरी निरीक्षक पवनकुमार झाको टोलीले हेटौंडा–१० बसपार्कमा काठमाडौंबाट धरान जाँदै गरेको बा ४ ख ८०६० नम्बरको बसमा चेकजाँच गर्दा बसमा सवार राईको साथबाट ८ किलो १ सय ६० ग्राम लागूऔषध चरेश बरामद भएको मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

सिंहकाअनुसार पक्राउ परेकी राई लागूऔषध कारोबारी नभई भरिया मात्रै भएको र उनको बारेमा बिस्तृत अनुसन्धान भइरहेको छ ।

त्यसैगरी, प्रहरीले भक्तपुर थिमीबाट हेन्डिल लक तोडी चोरेर ल्याउँदै गरेको लु ५४ प ६०९८ नम्बरको मोटरसाइकलसहित रौतहट चन्द्रपुर नगरपालिका वडा नम्बर ८ का १८ बर्षीय अविनाश चौधरीलाई पनि बिहीबार नै पक्राउ गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here