हेटौंडा– प्रदेश– ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नेपालका सञ्चार माध्यमले सरकारको नकारात्मक समाचारलाई मात्र प्राथमिकता दिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकारहरुसँगको दशैंको शुभकामना आदानप्रदान कार्यक्रममा पौडेलले सञ्चार माध्यमहरुको प्राथमिकतामा सकारात्मक समाचार पर्न नसकेको गुनासो गरे ।

‘होला सरकारका केही कमीकमजोरी छन् भने सच्चिनको लागि आग्रह गर्न सकिन्छ, तर, बिहान सधैं पत्रिका पल्टाउँदा नेगेटिभ भन्दा अरु न्यूज नै देख्दिनँ, सरकारले धेरै राम्रा कामहरु पनि गरेका छन्, यो चाहिँ किन मिडियाले देख्दैनँ ?’ पौडेललले भने–‘म सबै पत्रकार मित्रहरुलाई आग्रह गर्न चाहन्छु कि हामी सकारात्मक सोचसहित अघि बढौं, यो देशको समृद्धिको लागि पत्रकारलगायत सबै पेशाकर्मीको साथ र सहयोग चाहिन्छ, नकारात्मक भन्दा सकारात्मक समाचारलाई प्राथमिकता दिँदा राम्रो हुन्छ ।’

कार्यक्रममा सरकारले जनताको विषयमा गरेको काम प्रचार गर्न सञ्चारमाध्यमलाई आग्रह गरेका छन् । संधै आलोचना र नकरात्मक टिप्पणी मात्रै मिडियाले गर्नु निराशा जनक भएको भन्दै सरकारले गरेका राम्रा कुराहरुको पनि व्याख्या गर्नुपर्ने बताए । ३ नम्बर प्रदश सरकार पत्रकार मैत्री भएको भन्दै उनले मिडियाहरु समाजका परिवर्तनका संवाहक भन्दै सामाजिक परिवर्तनमा पनि भुमिका खेल्न आवश्यक रहेको बताए । पत्रकारहरुलाई पछिल्लो समय सामाजिक सञ्जाल र सामाजिक संस्कृती प्रति गम्भीर हुन आग्रह गर्दै मर्यादित पेशाकर्मीहरुले समाजको संस्कार प्रति ध्यान दिनु पर्ने बताएका हुन् ।

यसैबीच मुख्यमन्त्री पौडेलले प्रदेश सरकार प्रेस स्वतन्त्रताको पक्षमा उभिएको दावी गरेका छन् । प्रदेशले मिडियामैत्री कानुनसमेत निर्माण गरी कार्यान्वयन गरेको उनले सुनाए । रेडियो सन्देशको पहिलो वार्षिकोत्सवको अवसरमा हेटौंडामा मंगलबार आयोजित कार्यक्रममा बोल्दै उनले सञ्चार माध्यमले पनि जनपक्षीय पत्रकारितालाई जोड दिनुपर्नेमा जोड दिए । समृद्ध नेपाली सुखी नेपालीको नारालाई सफल बनाउन सञ्चार माध्यमको पनि ठूलो भूमिका हुने उनको भनाइ थियो । ‘सरकार एक्लै दौडिएर हुँदैन, व्यवसाय, पेशामा आवद्ध सबैको सहयोग भए मुलुकको समृद्धि सम्भव रहेको छ । तपाईको तिखो कलमले धेरै राम्रो काम गर्न सक्द्ध ।

सकारात्मक सोच र चिन्तनका साथ अघि बढ्नुपर्छ ।’ पौडेलले भने । काम गर्ने शैलीमा परिवर्तन नभएका कारण व्यवस्था परिवर्तन भए पनि जीवनशैलीमा परिवर्तन नभएको उनको तर्क थियो । रेडियोका अध्यक्ष सुनिल खड्काको अध्यक्षतामा भएको कार्यक्रम ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सम्मान गर्दै मिडियाले जनताको आवाज उठाउनु पर्ने बताए ।

रेडियो सन्देशको पहिलो वार्षिकोत्सवको अवसरमा पत्रकार मणिराज गौतम सम्मानित भएका छन् । रेडियाले वार्षिकोत्सवको अवसरमा मुख्यमन्त्री पौडेलले थाहाकर्मी गौतमलाई नगद १० हजार सहित सम्मान गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here