हेटौंडा– जुवाको खालबाट आइतबार राती पक्राउ परेकाहरुको सूचीमा पूर्व गृहराज्यमन्त्री तथा प्रदेश ३ का नेपाली काँग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको पनि नाम जोडेर प्रचारप्र्रसार गरिएपछि बानियाँले पत्रकार सम्मेलन नै गरी नियतबस आफ्नो चरित्रहत्या गरिएको बताएका छन् ।

जुवाको खालबाट आफू पक्राउ परेको भन्ने समाचार गलत भएको र आफू सो क्रियाकलापमा सहभागी नजनाएको बानियाँले काठमाडौंमा पत्रकार सम्मेलन गरी बताए । नेपाली काँग्रेसका केन्द्रीय प्रवक्ता विश्वप्रकाश शर्मासहित उनी उपस्थित भई आयोजित पत्रकार सम्मेलनमा साँसद बानियाँले आफ्नो चरित्र हत्या हुने गरी भ्रामक समाचार प्रकाशन नगर्न आग्रह गरेका छन् ।

एउटा संचारमद्यमको गलत समाचार कमीपेष्ट गरेर अन्य संचारमाद्यमले प्रकाशन प्रशारण गरिरहेको भन्दै बानियाँले यसले सबै संचारमाद्यमको विश्वसनियतामाथि असर परिरहेको समेत बताए ।

राजधानी काठमाडौँमा एउटा घरबाट जुवा खेलिरहेका व्यक्तिहरुलाई पक्राउ गरिएपछि पक्राउ पर्नेहरुमध्ये बानियाँ पनि रहेको समाचार सार्वजनिक भएको थियो । पछि संचारमाद्यमहरुले बानियाँको नाम स्रोतको गलत सूचनाका कारण पर्न गएको भन्दै क्षमायाचना समेत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here