हेटौंडा– प्रदेश–३ को सामाजिक विकास मन्त्रालयले सोमबारबाट अपाङ्गता सूचना केन्द्र सञ्चालनमा ल्याएको छ । राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश ३ को सहकार्यमा मन्त्रालयभित्रै स्थापना गरिएको केन्द्रको सोमबार सामाजिक विकास मन्त्री युवराज दुलालले उद्घाटन गरेका हुन् ।

अपांङ्गता भएका व्यक्तिलाई मन्त्रालयले दिने सेवा सुविधालगायत तीनै तहले बनाएका अपाङ्गसम्बन्धी ऐन कानुन, नीति नियम बारेमा सुचित गराउने उद्देश्यले मन्त्रालयले केन्द्र सञ्चालनमा ल्याएको हो । मन्त्रालयले गत सालदेखि नै केन्द्र सञ्चालन गरे पनि औपचारिक उद्घाटन भने सोमबार गरेको जनाएको छ । गत वर्ष पाँच लाख खर्च गरेर सञ्चालनमा ल्याइए पनि यस वर्ष थप सात लाख खर्च गरी व्यवस्थित रुपमा सञ्चालन ल्याएको मन्त्रालयकी सामाजिक विकास महाशाखा प्रमुख ईन्दिरा ओझाले बताइन् ।

केन्द्रमा अपाङ्गमैत्री सूचनाका सामाग्रीहरु राखिएको छ । मन्त्रालयले अपाङ्गता भएका व्यक्तिहरुका लागि समुदायमा आधारित पुनस्र्थापना कार्यक्रम सञ्चालन गर्न प्रदेश का एकसय १९ वटै स्थानीय तहमा ३÷३ लाखको दरले तीन करोड ५७ लाख विनियोजन गरेको ओझाले जानकारी दिईन् । यस्तै मन्त्रालयले अपाङ्गता भएकाहरुको लागि सहायक सामाग्री उत्पादन तथा वितरणको लागि पचास लाख, अपांङ्गता क्षेत्रमा काम गर्ने संघ सस्ंथालाई सहयोगको लागि एक
करोड र सामाजिक सुरक्षा सम्बन्धी कोष स्थापनाको लागि तीन करोड रुपैयाँ विनियोजन गरेको ओझाले कार्यक्रममा बताइन् ।

कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री दुलालले अपांङ्गता भएका व्यक्तिहरुको जीवनलाई सहज बनाउन प्रदेश सरकारले सधैँ सहयोग गर्ने प्रतिवद्वता जनाए । उनले अपांङ्गता भएकाहरुको जीवन सहज बनाउन मन्त्रालयले सधँै सहयोग गर्ने प्रतिवद्वता पनि जनाए । उनले नेपालको सातैवटा प्रदेशमध्ये प्रदेश–३ ले सबैभन्दा पहिला अपाङ्ग सूचना केन्द्र सञ्चालनमा ल्याएको दाबी समेत उनले गरे ।

मन्त्रालयकी सामाजिक विकास महाशाखा प्रमुख ओझाको सभाध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष निर्मलकुमार श्रेष्ठ, प्रदेश ३ का अध्यक्ष अस्बिन लम्साल, कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तान, ईन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामालगायतको आतिथ्यता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here