हेटौंडा÷ मकवानपुरको हेटौंडा–६ गौरीटारमा योजना बनाइएको २२ वर्षपछि बहुप्राविधिक महाविद्यालय निर्माण सुरु भएको छ । नेपाल –भारतमैत्री बहुप्राविधिक महाविद्यालयको मंगलबार शिलान्यास गरिएको छ ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मंगलबार औपचारिक रुपमा बहुप्राविधिक महाविद्यालयको शिलान्यास गरेका हुन् । २०५४ सालबाट उक्त स्थानमा महाविद्यालय निर्माणको योजना बनाइए पनि विविध कारणले अगाडि बढ्न सकेको थिएन । २०६६ फागुन ४ गते तत्कालीन नेपालका राष्ट्रपति डा. रामवरण यादवको भारत भ्रमणको क्रममा महाविद्यालयको निर्माण गर्ने सम्झौता भएपनि त्यसले मूर्तरुप लिन सकेको थिएन । प्रदेश सरकार गठन भएसँगै मुख्यमन्त्री डोरमणि पौडेलले विशेष चासो दिएर महाविद्यालय निर्माणलाई अगाडि बढाएका थिए । भारतसँगे सम्झौतालगत्तै उक्त जग्गा उपलब्ध गराएर तारबार लगाउने काम सुरु भए पनि अन्य भौतिक पूर्वाधार निर्माणको काम अगाडि बढेको थिएन ।

भवनको शिलान्यास गर्दै मुख्यमन्त्री पौडेलले तोकिएको समयभित्र निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए । सम्झौता अनुसार २०१९ अगष्ट ३१ बाट निर्माण सुरु भएको मितिले दुुईवर्ष अर्थात २०२१ अगष्ट ३० गते भौतिक पूर्वाधार निर्माण कार्य सम्पन्न हुनेछ । ‘तोकिएको समयभित्र निर्माण सम्पन्न गरेर प्राविधिक विषयको पढाई सुरु हुन जरुरी रहेको छ ।’, मुख्यमन्त्री पौडेलले भने ।

करिब १७ दशमलव ५ हेक्टर जमिनमा फैलिएको महाविद्यालयमा विभिन्न २२ वटा भवनहरु निर्माण हुनेछन् । भवन निर्माणको जिम्मेवारी भारतीय कम्पनी एमएस टेलिकम्युनिकेशन कन्सल्ट्यान्टस्ले करिब ५८ करोड ४४ लाख ५८ हजार दुईसय ६६ रुपैयाँमा ठेक्का पाएको छ । महाविद्यालय निर्माणको टेण्डर भारत सरकारले दुईवर्ष अगाडि नै निकालेको थियो । निर्माण कम्पनीसँग सम्झौता भएपनि प्राविधिक कारणले निर्माण कार्य अगाडि बढ्न सकेको थिए । प्रदेश सरकारले निर्माणका लागि सुरक्षाको ग्यारेण्टी, पानी, विद्युत् र अन्य आवश्यक सहयोग प्रतिबद्धता जनाएपछि निर्माण कार्य सुरु गर्न ठेकेदार पक्ष सहमत भएको थियो ।
कुल क्षेत्रफलको करिब ११ हेक्टर जमिनमा भौतिक पूर्वाधार निर्माण हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का सदस्य सचिव डा. पुण्यरमण वाग्लेले जानकारी दिए । उनका अनुसार महाविद्यालयभित्रै छात्राबाससहित इण्डोर र आउटडोर खेल मैदान समेत हुनेछन् ।

महाविद्यालयमा डिप्लोमा तहमा प्राविधिकतर्फका चारवटा विषयको पढाई हुनेछ । मेकानिकल, कम्प्युटर, इक्ट्रिकल तथा इलेक्टूोनिक एण्ड कम्युनिकेशन विषयको पढाई हुनेछ । विद्यालयमा बार्षिक पाँचसय २० जनाले अध्ययन गर्नेछन् । महाविद्यालयको भवन निर्माणस्थलमा रहेका दुई हजार तीनसय ५१ वटा रुख कटान गरेर काम अगाडि बढाउन लागिएको हो । ‘रुख कटानका लागि धेरै समय कुर्नुप¥यो । अब निर्माणमा कुनै पनि अवरोध सिर्जना हुँदैन ।’, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का निर्देशक विनयकुमार मिश्रले कटान गरिएको एकहजार नौ सय सल्ला र चारसयजति अन्य जातका रुख रहेका थिए । चित्रेपानी सामुदायिक वनले उक्त महाविद्यालय निर्माण गर्न जमिन उपलब्ध गराएको थियो ।

महाविद्यालयले यसवर्षबाट नजिकैको बालजागृति युवावर्ष माविमा चारवटा कोठा भाामा लिएर डिप्लोमा तहमा मेकानिकल विषय पढाई सुरु गरिसकेको महाविद्यालयका प्रशासन प्रमुख विष्णु घिमिरेले जानकारी दिए । उनका अनुसार यसवर्ष ४८ जनाको भर्ना लिएर पढाई सुरु गरिएको हो । ‘भवन बन्नेपछि महाविद्यालयमै कक्षा सुरु गर्ने पढाई सुरु गरिएको हो । यसले भवन निर्माणमा सबैपक्षको ध्यानाकर्षण समेत हुनेछ ।’, उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here