हेटौंडा– मकवानपुरमा हाल दुइसय ६८ जना एचआईभी एड्स संक्रमित रहेको तथ्यांक प्राप्त भएको छ । ७ बालबालिकासहित २ सय ६८ जनाले हाल एण्टी रेट्रो भाईरल (एआरटी) सेवन गरिरहेका छन् ।

हेटौंडा अस्पतालको एण्टी रेट्रो भाईरल सेन्टरको तथ्यांकअनुसार बालबालिकासहित २ सय ६८ जनाले एआरटी सेवन गर्ने गरेको एक अन्तरक्रियामा जानकारी गराइएको हो । हेटौंडा अस्पतालबाट एआरटी सेवन गर्ने संक्रमितमध्ये २२ जनाको मृत्यू भइसकेको र २७ जना जिल्ला बाहिरबाट सेवा लिइरहेको बताइएको छ । तथ्यांक अनुसार मकवानपुरमा भएका जम्मा संक्रमितमध्ये १ सय जना महिला र ९५ जना पुरुष तथा २ जना तेस्रो लिंगी छन् । साथै, १६ जना सम्पर्कबिहीन रहेको समेत तथ्याङ्कमा उल्लेख छ ।

लामो समयदेखि यस क्षेत्रमा काम गर्दै संक्रमितहरुको अधिकारका लागि क्रियाशील गोकुल लामाले कार्यक्रममा आफ्नो अनुभव सुनाउँदै स्थानीय सरकारले यस क्षेत्रलाई उपेक्षा गरेको आरोप लगाए । उनले बिगतमा भएका राम्रा कामहरुलाई निरन्तरता दिनुपर्ने सुझाव राखे । साथै, संक्रमितलाई पहिलो प्राथमिकतामा राखी उपचार गर्नुपर्नेमा उनले जोड दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here