हेटौंड– आन्तरिक राजस्व कार्यालय हेटौंडाले चालु आर्थिक वर्ष २०७६÷७७ को ४ महिनामा लक्ष्य भन्दा झण्डै ३० करोड रुपैयाँ न्यून राजस्व संकलन गरेको छ । पहिलो चौमासिकको कात्तिक मसान्तसम्म एक अर्ब ८२ करोड ४४ लाख ६९ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको आन्तरिक राजश्व कार्यालय हेटौंडाले २९ करोड ७६ लाख रुपैयाँ कम राजस्व संकलन गरेको हो ।

कात्तिक मसान्तसम्म एक अर्ब ५२ करोड ६८ लाख ८ हजार रुपैयाँ मात्रै राजस्व संकलन भएको कार्यालयका प्रमुख कर अधिकृत सन्तबहादुर ढकालले जानकारी दिए । ढकालकाअनुसार कार्यालयले आयकरमा मासिक तीन करोड ८८ लाख तीस हजारको दरले राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा हालसम्म २७ करोड १८ लाख राजस्व संकलन गर्नुपर्नेमा २२ करोड ९६ लाख ७३ हजार मात्रै संकलन गरेको छ । जुन लक्ष्यभन्दा चार करोड १९ लाख ७१ हजारले कम हो ।
यस्तैगरी चार महिनाको अवधिमा एक करोड सात लाख १५ हजार घरबहाल कर संकलन गर्ने लक्ष्य राखेको कार्यालयलले लक्ष्यभन्दा ५० लाख ९९ हजार कम अर्थात ५६ लाख १६ हजार मात्रै संकलन गरेको छ । त्यस्तै ब्याजकरमा दुई करोड ५० लाख ९५ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखेकोमा लक्ष्यभन्दा ८३ लाख २० हजार कमले एक करोड ६७ लाख ७४ हजार, मूल आयकरमा २७ करोड ३७ लाख १४ हजार संकलन गर्ने लक्ष्य लिएकोमा लक्ष्यभन्दा चार करोड ४५ लाख ७७ हजारले बढ्न गएर ३१ करोड ८४ लाख २० हजार रुपैयाँ संकलन भएको छ ।

त्यस्तै एक अर्ब २४ करोड ३१ लाख ४५ हजार रुपैयाँ अन्तः शुल्क उठाउने लक्ष्य रहेकोमा लक्ष्यभन्दा ३६ करोड ६६ लाख ५४ हजार कम अर्थात ८७ करोड ६५ लाख १९ हजार संकलन भएको छ भने लक्ष्य नै नराखिएको स्वास्थ्य करमा हालसम्म सात करोढ ९८ लाख पाँच हजार रुपैयाँ संकलन भएको ढकालले जानकारि दिए ।

चालु आर्थिक वर्षको चार महिनामा आन्तरिक राजस्व कार्यालयले लक्ष्यअनुसार कर संकलन गर्न नसके पनि गत आर्थिक वर्षको यहि अवधिको तुलनामा भने धेरै कर संकलन गर्न सफल भएको छ । गत आर्थिक वर्षको यहि अवधि अर्थात यहि चार महिनामा १९ करोड ५३ लाख रुपैयाँ राजश्व संकलन गरेको कार्यालयलले यस वर्षको चार महिनामा २२ करोड ९६ लाख ७३ हजार रुपैयाँ संकलन गरेको छ । यो गत आवको भन्दा तीन करोड ४३ लाख ७३ हजार रुपैयाँ बढि राजश्व संकलन गर्न सफल भएको छ ।

गत आर्थिक वर्षमा चार अर्ब २८ करोड ५२ लाख ५३ हजार रुपैयाँ राजस्व संकलन गरेको कार्यालयले यसवर्ष पाँच अर्ब ८२ लाख ६१ लाख ७० हजार रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ । कार्यालयका प्रमुख ढकालले कार्यालयले यस वर्ष लक्ष्य धेरै राखेको र सहकारीको आयकरमा छुट दिँदा राजस्व संलनमा लक्ष्यभन्दा गिरावट आएको बताए । ‘यहाँको मुख्य आयस्रोत भनेको नै सहकारी हो । सहकारीको आयकरमा छुट दिएपछि स्वतः आयकर घट्न गई लक्ष्यभन्दा केही कम राजश्व संकलन भएको हो, त्यहि पनि हामी आर्थिक वर्षको अन्त्यसम्म लक्ष्यअनुसारको कर संकलनमा जोड दिनेछौ ।’– ढकालले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here