हेटौंडा– बर्सेनि डुबानको पीडा भोग्दै आएका हेटौंडा उपमहानगरपालिका–५, शान्तिनगर र गर्र्दोइ क्षेत्रका स्थायी बासिन्दाले आगामी वर्षबाट उक्त समस्याबाट मुक्ति पाउने भएका छन् ।

वर्षाको सुरुवातसँगै कर्रा खोलाको बहाब बढेर क्याम्पा चौर हु“दै शान्तिनगर र गर्दोइ क्षेत्रमा बाढी पस्ने भएपछि हेटौंडा उपमहानगरले त्यसलाई रोक्नका लागि तटबन्धन (चेकड्याम) निर्माण कार्य सुरु गरेको हो । वडा अध्यक्ष राजेश बानियाँको विशेष पहलमा चालु आर्थिक वर्षमा हेटौंडा उपमहानगरबाट उपलब्ध भएको ३० लाख रुपैया“बाट क्याम्पाडाँडाको पुलसँगै जोडर तटबन्धन बनाउने कार्यको सुरुवात गरिएको हो ।

चालु आर्थिक वर्षमा उक्त बजेटबाट ६० मिटरको कंक्रिट ढलानसहितको ड्याम निर्माण हुनेछ । करिब पाँचमिटर उचाइ रहने उक्त ड्यामको निर्माणसँगै कर्राको बाहब बस्तीमा प्रवेश नगर्ने विश्वास लिइएको वडा अध्यक्ष बानियाँले बताए । ‘बर्सेनि यहाँका करिब सातसय घरधुरीले यस समस्या भोग्ने गरेका छन् । यसको समाधानका लागि स्थानीय, प्रदेश र संघीय सरकारबाट जतिमात्रामा बजेट प्राप्त हुनुपर्ने हो त्यो भने भएन । हामीले जति बजेट प्राप्त गरेका छौं । त्यसलाई भरपुर सदुयोग गरेर अगाडि बढ्नेछौं ।’, वडा अध्यक्ष बानियाँले दुईसय २१ मिटर चेकड्याम बनाउनुपर्ने र त्यसका लागि करिब एककरोड ३९ लाख रुपैयाँलागत अनुमान गरिएको बताए ।

बस्ती डुबान भएसँगै प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले त्यसक्षेत्रको भ्रमण गर्दै आश्यक बजेट उपलब्ध गराउने आश्वासन दिएको र उक्त रकम निकासा हुने बित्तिकै बाँकी रहेको कार्य अगाडि बढाइने वडा अध्यक्ष बानियाँले बताए । ‘चालु आर्थिक वर्षभित्र उपमहानगरपालिकाले थप बजेट दिने र बाँकी रहेको बजेट प्रदेश सरकारबाट प्राप्त हुने हामीले विश्वास लिएका छौं ।’, वडा अध्यक्ष बानियाँले जसरी पनि आगामी वर्षात् अगाडि यस काम सम्पन्न गर्ने लक्ष्य आफूहरुले लिएको बताए ।

उक्त कार्य सम्पन्न गर्नका लागि स्थानीय शान्ति नगर टोल विकास संस्थाका अध्यक्ष देवीबहादुर बुढाथोकीको नेतृत्वमा उपभोक्ता समिति गठन गरिएको छ । ‘हामी स्वयम् पीडित भएका कारण गुणस्तरीय काम हुने गरी चेकड्यामको काम निरीक्षण गरिरहेका छौं ।’, उपभोक्ता समिति अध्यक्ष बुढाथोकीले चालु आर्थिक वर्षभित्रमा यस कार्यलाई सम्पन्न गर्न आवश्यक बजेट विनियोजन गरिदिन तीनै तहको सरकारलाई आग्रह गरिसकेको बताए । ‘वर्षात् लागेसँगै यस ठाउँका मानिस रातभर सुत्न पाउँदैनन् । खोलाको सतह बढेसँगै घरको पहिलो तलाको सामान सार्नुपर्ने हुन्छ । यस्तो अवस्थाबाट हामीले मुक्ति पाउने भएपछि अहिले हामी खुशी भएका छौं ।’, बुढाथोकीले यस विषयमा चासो लिइदिनका लागि सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि तथा स्थानीयलाई आग्रह समेत गरेका छन् ।

वडा अध्यक्ष बानियाँका अनुसार डुबान प्रभावित क्षेत्रमा अहिले क्रमश सडक निर्माण गर्ने, ढल बनाउने र त्यहाँ जम्मा हुने पानीलाई सजिलै खोलासम्म पुग्ने गरी ढिस्कोहरु सम्याउनेलगायतका कामहरु भइरहेका छन् । ‘मुख्य समस्या भनेको कर्रा खोला हो । बस्तीभित्र हुने विकास निर्माणको कामबाट पानी बग्न कुनै अप्ठेरो नहुने गरी विकासका कामहरु
गरिएका छन् ।’, वडा अध्यक्ष बानियाँले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here