हेटौंडा– मोबाइल तथा सीसी क्यामेरालगायत इलेक्ट्रोनिक्स सामान चोरी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । दुई छुट्टाछुट्टै घटनामा प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।

हेटौँडामा घरबाट मोबाईल चोर्दै गर्दा मंगलबार २ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले मोबाईल चोर्दै गर्दा पर्साको पकाहा मैनपुर गाउँपालिका–१, धोरेका २५ बर्षीय रोहित दुसात र बीरगञ्ज महानगरपालिका–१२ का ६० बर्षीय मोस्ताकिम राहिवलाई नियन्त्रणमा लिएको हो ।
उनीहरुलाई हेटौँडा–४ कमलडाँडाका सम्पदकुमार काफ्ले र शुभद्रा आचार्यको घरबाट मोबाईल चोरेर भाग्दै गरेको अवस्थामा वडा प्रहरीको टोलीले पक्राउ गरेको हो ।

यसैगरी सिसिक्यामारा चोरी गरेको आरोपमा हेटौँडाका २ जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौँडा–८ का २३ बर्षीय किसान लामा र २० बर्षीय युवक थोकर रहेका छन् । उनीहरुले चोरी गरेको भनिएको सिसी क्यामारा २ थान, स्काई सिसी क्यामारा १ थान, नेटवेयर भिडियो रेकर्डर १ थान, हार्डडिस्क २ थान, राउटर १ थान, वाईफाई वायर, चार्जर ८ थान, लाईभ गार्ड व्याट्री, मोटरसाइकल कार्बोरेटर बरामद भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here