हेटौंडा–नेकपा सचिवालयले दिएको निर्देशन नमान्ने र आफ्नो अधिकार क्षेत्रमा हस्तक्षेप भएको भन्दै विरोधमा उत्रिएका सांसद्हरुलाई पार्टीले पुनः निर्देशन दिएको छ । मंगलबार काठमाडौं बोलाएर प्रदेश ३ को स्थायी राजधानी हेटौंडा र नामकरण बागमती नै कायम गर्न नेकपा सचिवालयले पुनः निर्देशन दिएको हो ।

‘सचिवालयको निर्देशन अनुसार अगाडि बढ्न निर्देशन भएको छ ।’, प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलले भने, ‘सुरक्षा निकायको रिपोर्ट र पार्टीभित्र धेरै चरणको छलफलपश्चात् हेटौंडा र बागमती छनौट गरिएको सचिवालयलका नेताहरुले भन्नु भएको छ । पार्टीले निर्णय गरेर राजधानी र नाम टुंगो लगाइसक्यो अब हेरफेर हु“दैन । हरेक दृष्टिकोणले हेटौंडा राजधानी उपयुक्त छ । हेटौंडालाई राजधानी मानेर जानुस ।’, प्रधानमन्त्रीको भनाई उदृत गर्दै मन्त्री जम्मकट्टेलले भने ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव बिष्णु पौडेलस“ग काठमाडौं पुगेको असन्तुष्ट समूहले छलफल गरेका थिए । ‘सबैले आफ्नो भनाइ राखेपछि सचिवालयका नेताहरुको भनाई सुनेर निर्णय कार्यान्वयन गर्ने गरी बैठक टुंगिएको छ ।’, जम्मकट्टेलका अनुसार करिब तीनघण्टा स्थायी राजधानी र नामकरणको विषयमा छलफल भएको थियो ।
हेटौंडा राजधानी राख्नुपर्छ भन्ने पक्ष र विपक्षका सांसदहरु प्रदेशको नेकपा संसदीय दलको बैठकमा विवाद बढेपछि पार्टीको शीर्ष नेताहरुसँग छलफल गर्न प्रदेश सांसद्हरु काठमाडौं पुगेका थिए । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको निवास हेटौंडामा चलिरहेको संसदीय दलको बैठक स्थगित गरेर सोमबारै संघीय राजधानी सांसद् तथा मन्त्रीहरु काठमाडौं गएका थिए ।

नेकपा प्रदेश ३ की इञ्चार्ज तथा प्रदेश सांसद अष्टलक्ष्मी शाक्यको नेतृत्वमा प्रदेश नम्बर ३ का नेकपा संसदीय दलका मुख्य सचेतक रामेश्वर फुयाल, आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेल, सामाजिक विकास मन्त्री युवराज दुलाल, सांसद्हरु राजेन्द्र पाण्डे, पशुपति चौलागाईं र दीपक निरौलालगायत टोली काठमाडौं पुगेको थियो ।
नेकपा केन्द्रीय सचिवालले गतआइतबार प्रदेश ३ को राजधानी हेटौंडा र नाम बागमती राख्न निर्देशन दिएपछि राजधानीको विषयमा विवाद बढेको थियो । विवादले हेटौंडामा तीनदिनसम्म चलेको संसदीय दलको बैठक बिनानिश्कर्ष स्थगित भएको थियो । नामको विषयमा अधिकांश सांसदहरुले सहमती जनाएपनि राजधानीको विषयमा विवाद हुदै आएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here