हेटौंडा– कला, साहित्य एवम् सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने सात जनालाई बुधबार हेटौंडामा सम्मान गरिएको छ ।

भीम विराग संगीत साहित्य कला प्रतिष्ठान नेपाल मकवानपुरले आफ्नो १२ औं वार्षिक साधारणसभाको अवसरमा श्रष्टालाई सम्मान गरिएको हो । संगीतकार भीम विरागको ८६ औँ जन्मजयन्तीको अवसरमा कार्यक्रम गरिएको थियो । कार्यक्रमकाबीच बागमती प्रदेश स्तरीय ५० हजार १ नगद राशीको हर्षनर बज्राचार्य स्मृति पुरस्कार बरिष्ठ संगीतकार शुभबहादुर सुनामलाई प्रदान गरिएको छ । भूपु नेपाली सेना रहेका सुनामले विभिन्न नेपाली गीतमा संगीत भरेका छन् । कार्यक्रममा चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कार मकवानपुरे साहित्यकार छवि अनित्यलाई प्रदान गरिएको छ । ११ हजार १ सय ११ नगदसहित अनित्यलाई सम्मान गरिएको हो । त्यसैगरी मकवानपुरे कवि शान्ति प्रियवन्दनालाई तुलसीमाया शिवकुमारी स्मृति नारी सृजनशील पुरस्कार–२०७५ बाट शान्ति प्रियवन्दनालाई नगद दश हजार एकसहित सम्मान गरिएको थियो ।

शिला नारी प्रतिभा पुरस्कार छमछमी सिजन २ की विजेता मकवानपुरे चेली सन्धा आचार्यलाई प्रदान गरिएको छ । नगद १५ हजार राशीको पुरस्कार आचार्यलाई दिइएको हो । मंगलादेवी श्रेष्ठ स्मृति स्वास्थ्य पुरस्कार स्वास्थ्यकर्मी सत्यदेवी जर्गालाई प्रदान गरिएको छ । उनलाई नगद १० हजार सहित सम्मान गरिएको थियो । शिक्षण पेशामा आवद्ध रहेका प्रविण ग्वाच्छालाई १० हजार १ सहित अजित सेन गुप्ता स्मृति भिन्न क्षमता पुरस्कार प्रदान गरियो ।

कार्यक्रममा भीम मथुरा बाल प्रतिभा पुरस्कार हेटांैडाका आगमन कोईरालालाई प्रदान गरिएको छ । उनलाई नगद ७ हजार ५ सय नगद सहित सम्मान गरिएको हो । नेपाल संगीत नाट्य प्रतिष्ठानका सदस्य सचिव श्याम तमोटले श्रष्टालाई सम्मान गरेका थिए । प्रतिष्ठानका अध्यक्ष उज्ज्वल शर्मा भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, सर्जक समाज मकवानपुरका संयोजक निमेष निखिल, प्रतिष्ठानका संस्थापक अध्यक्ष तुल्सी थापा, सल्लाहकार प्रमेन्द्र महर्जन शुशिला पाण्डे, शिक्षासेवी पुरनबहादुर जोशी, समाजसेवी ज्योतिरत्न बज्राचार्य, प्रतिष्ठानमा उपाध्यक्ष कृष्ण गोपाल सिंह, महासचिव जनक लम्साल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here