हेटौंडा– बागमती प्रदेशका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अख्तियार दुरुपयोग अनुसन्धान आयोग र संघीय सरकारप्रति आक्रोश व्यक्त गरेको छ । सोमबारको प्रदेशसभामा विशेष समय लिएर बोल्दै संसदीय दलका नेता ईन्द्रबहादुर बानियाले ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दोषी जति सबैलाई मुद्दा लगाउनु पर्नेमा सत्तापक्षलाई जोगाएर प्रतिपक्षलाई मात्र मुद्धा चलाएकोभन्दै आक्रोश पोखे ।

‘एउटै मन्त्रीपरिषद्मा रहेको मन्त्रीलाई मुद्धा लाग्ने । प्रधानमन्त्रीलाई नलाग्ने । यस्तो अवस्था कसरी सिर्जना भयो ?’, बानियाले अख्तियार स्वतन्त्र निकाय भएरपनि संघीय सरकारको इसारामा चलिहरको भन्दै आपत्ति जनाए । ‘प्रधानमन्त्रीको आग्रहमा मन्त्रीले गरेको काममा विभेदकारी र अन्यायकारी नीति अख्तियारले लियो । संघीय सरकारका कारण स्वतन्त्र निकायमाथि प्रश्नचिन्ह खडा हुने अवस्था सिर्जना भइसकेको छ ।’, नेता बानिया“ले गल्ती गर्ने सवैलाई कारबाही हुनुपर्नेमा कसैलाई काखा कसैलाई पाखा गर्ने नीति अख्तियारले गरेकोभन्दै चिन्ता व्यक्त गरे ।

यसैबीच बागमती प्रदेशसभामा बोल्ने सांसद्हरुले चीनको कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीहरुको तत्काल उद्धार गर्नुपर्नेमा जोड दिएका छन् । बैठकमा सामाजिक विकास मन्त्री युवराज दुलालले कोरोना भाइरस नियन्त्रणका प्रदेश सरकारले गरिरहेको पूर्वतयारीबारे जानकारी गराएस“गै सदनमा बोल्ने अधिकांश सांसद्हरुले चीनको कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेको करिब एकसय ८० रहेका नेपालीको तत्काल उद्धार गर्नेतर्फ पहल गर्न आग्रह गरेका थिए ।

सांसद् नरोत्तम बैद्यले चीनमा रहेका नेपालीहरु आफूहरुलाई स्वदेश फिर्ता पठाइदिन आग्रह गर्दै मानव अधिकार आयोगमा पुगिसकेकोभन्दै यसलाई थप अन्तर्राष्ट्रियकरण हुनबाट रोक्न जरुरी रहेको औंल्याए ।
दुईवटा विधेयक पेश
प्रदेशसभाको बैठकमा दुईवटा विधेयकहरु पेश भएका छन् । प्रदेशसभाको बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेलले अन्तरप्रदेश बासिन्दाको समान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तथा प्रदेश लोकसेवा आयोग ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक सभामा पेश गरेका थिए । प्रदेशसभाको अर्को बैठक मंगलबार दिउ“सो ३ बजे बस्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here