हेटौंडा– नेपाली काँग्रेसनिकट नेपाल तामाङ संघ हेटौंडा उपमहानगरपालिकाको अध्यक्षमा रोशन गोले चयन भएका छन् । बुधबार भएको संघको भेलाले गोलेको अध्यक्षतामा १९ सदस्यीय समिति चयन गरिएको हो ।

जसको उपाध्यक्षमा राजकुमार गोले र किशोर पन्त चयन भएका छन् । त्यस्तै सचिवमा हेमबहादुर थिङ, सहसचिवमा खेमराज भ्लोन र खेमराज भ्लोन चयन भएका छन् । त्यस्तै कोषाध्यक्षमा जगबीर रुम्बा लामा चयन भएका छन् ।

समितिको सदस्यहरुमा गोमामाया बल, श्याम स्याङ्तान, गोविन्द मोक्तान, धनबहादुर घलान, विवेक भ्लान, अर्जुन दोङ, उत्तम तामाङ, राजु मोक्तान, दिलिप थिङ, खड्गबहादुर लो, कुमार सिं थिङ र रमेश थिङ चयन भएका छन् ।नेपाल तामाङ संघका अध्यक्ष चम्फरत्न गोलेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीनाको प्रमुख आतिथ्यता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here