हेटौंडा– कैलालीको टीकापुर नगरपालिकामा अरबौं रुपैयाँ खर्च गरी पर्यटकीय पार्क निर्माणको लागि व्यवसायी अजेयराज सुमार्गीले अग्रसरता देखाएका छन् । सुमार्गी अध्यक्ष रहेको मुक्तिश्री प्रालिले टीकापुर पार्कमा रहेको ३ सय ७४ बिगाहा जमिन ५० वर्षका लागि भाडामा लिएर विभिन्न पर्यटकीय संरचना निर्माण गर्ने योजना अघि सारेको हो ।

यसको लागि प्रालिले करिब एक दशकअघिदेखि टीकापुरलाई पर्यटनको हब बनाउने योजनाबारे वृहत अध्ययन गरिरहेको छ । सुमार्गीका अनुसार अध्ययनकै क्रममा हालसम्म २० करोड रुपैयाँ खर्च भइसकेको छ । जसमा ५० जना इन्जिनियरले अध्ययन गरेर रिपोर्ट तयार पारिएको छ । योजनाअनुसार भाडामा प्राप्त भएमा प्रालिले पार्कमा पर्यटक लोभ्याउने ठूलाठूला संरचना बनाइनेछ । जसमध्ये वाटर स्लाइड गेम, चिल्डे«न पार्क, पावर बोट, गो कार्ट, घोडे मैदान, वाटर डिस्को र रेन डान्स, भिडियो गेम, हात्ती सफारी, चिडियाखाना, गल्फ मैदान, पाँच तारे होटल, रेस्टुरेन्ट लगायत रहने छन् ।

सबै भौतिक संरचना निर्माण पूरा हुन करिब १० वर्ष लाग्ने अनुमान गरिएको छ । मुगुको रारा ताललाई चारैतिरबाट सडक सञ्जालले घेरिने र त्यसको प्राकृतिक संरचनालाई नबिगारेर होटल र रेस्टुरेन्ट निर्माण गर्ने योजना छ । प्रालिले अर्को गन्तव्यस्थलको रुपमा कैलाश मानसरोवरलाई लिएको छ । जहाँ कैयौं भारतीय नागरिक वर्षेनी तीर्थयात्राका लागि
जान्छन् । भारत सरकारले तिनै तीर्थयात्रीलाई बजेट उपलब्ध गराउँछ । उनीहरु हवाई मार्ग हुँदै त्यसतर्फ जाने गरेका छन् । ती सबै भारतीय तीर्थयात्रीलाई टीकापुर हुँदै मानसरोवर पु¥याउने लक्ष्य सुमार्गीको छ ।

सुमार्गीले कैलाश मानसरोवर जाने तीर्थयात्रीलाई सत्तीस्थित पदम प्रकाशेश्वर मन्दिरमा भित्राउने योजना पनि सुनाए । मन्दिरको स्थलगत भ्रमण गरेपछि सुमार्गीले टीकापुर नगरपालिकाका मेयर तपेन्द्रबहादुर रावललाई पौराणिक मान्यता बोकेको मन्दिरको संरक्षण र विस्तारको लागि जग्गा अधिकरण गर्न सुझाव दिए । जग्गा अधिकरणको लागि आफूले बजेटको व्यवस्था गर्नेसमेत उनले सुनाए । सुमार्गीले मन्दिरका अलावा टीकापुर पार्क, सीमा क्षेत्र, डल्फिन क्षेत्र, बेतबाँसलगायतको स्थलगत भ्रमण गरेका थिए ।

सुमार्गीकोे योजना पूर्ण कार्यान्वयन हुँदासम्म दुइसय अर्ब रुपैयाँ लगानी आवश्यक हुने अनुमान गरिएको छ । यसमा स्थानीयको समेत लगानी समेट्ने उनको योजना छ । स्थानीयको समेत लगानी हुँदा योजना प्रति सबैको अपनत्व हुने सुमार्गीको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here