हेटौंडा– कोरोनाको संक्रमणको त्रासले लामो समयदेखि भइरहेको लकडाउनका कारण अशक्त, असहाय र दैनिक ज्यालादारी गर्नेहरुलाई भइरहेको खाद्यान्न अभावलाई टार्न उद्योग परी संघ बागमती प्रदेशले खाद्यान्न सहयोग गरेको छ ।

परी संघले शनिबार उद्योग संघ मकवानपुरको प्राङ्गणमा चामल, तेल, चनी, नुन र चिउरा गरी १० हजार किलो खाद्यान्न बागमती प्रदेश सरकारलाई हस्नात्तरण गरेको हो । उद्योग परीसङ्घ बागमती प्रदेशका संयोजक ऋषिराम घिमिरे, उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेललगायतले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई १० किलोका दरले १ हजार वटा प्याकेट खाद्यान्न हस्तान्तरण गरेका हुन् ।

खाद्यान्न ग्रहण गर्दै मुख्यमन्त्री पौडेलले जिल्ला समन्वय समिति प्रदेश संयोजक रघुनाथ खुलालको संयोजनमा उक्त खाद्यान्न हुन्तान्तरण हुने बताए । लकडाउनको समयमा दैनिक जीवन यापन गर्न समस्या भएकालाई सो खाद्यान्न उपलब्ध गराउने मुख्यमन्त्री पौडेलले बताए ।

आधारभुत आबश्यकता पूरा गराउने उद्देश्यले गरिएको सहयोग प्रति मुख्यमन्त्री पौडेलले धन्यवाद दिए । एउटा प्याकेटमा ५ किलो चामल,२ किलो चिउरा,एक केजी दाल,एक केजी नुन,एक लिटर तेल रहेको घिमिरेले जानकारी दिए । उक्त खाद्यान्न बितरण गर्दा अति बिपन्न परीवारलाई प्राथमिकतामा राखिने खुलालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here