हेटौंडा –हेटौंडामा शुक्रबारदेखि सुरु भएको कोरोना भाइरसको परीक्षणको क्रममा १० वटा नमूनाको रिपोर्ट प्राप्त भएको छ ।

१० वटामा सबैको रिपोर्ट नेगेटिभ (कोरोना नभएको) आएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सामाजिक विकास मन्त्रालयका प्रवक्ता दीपेन्द्र सुवेदीले हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान केन्द्रमा शुक्रबार र शनिबार पाँच–पाँच वटा स्वाबको नमूना परीक्षण गरिएको जानकारी दिए । शनिबार हेटौंडा–४, कर्रामा रहेको आइसोलेसनमा रहेको दुईजना र अन्यत्र क्वारेन्टाइनमा रहेका तीनजनाको स्वाब परीक्षण गरिएको थियो ।

शुक्रबार हेटौंडाको २ र चितवन भरतपुरस्थित कोरोना विशेष (अस्थायी) अस्पतालबाट ल्याएको तीनजना शंकास्पद विरामीको स्वाब परीक्षण गरिएको थियो । प्रयोगशालामा नमूना परिक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित निर्देशक नारायणबहादुर कार्कीको नेतृत्वमा ५ जनाको टोली खटिएको छ । हेटौंडामा मकवानपुर, सिन्धुली, बारा, पर्सा र रौतहट जिल्लाको विरामीहरुको स्वाब परीक्षण हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here