विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ६४ हजार ७ सय १६ पुगेको छ । कुल १२ लाख १ हजार ९ सय ३३ जनामा संक्रमण भएकोमा हालसम्म २ लाख ४६ हजार ६ सय ३४ निको भइसकेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार शनिबार बिहानसम्म मृतकको संख्या ५९ हजार र संक्रमितको संख्या १० लाख ९८ हजार भए पनि २४ घण्टामा मृतकको संख्या ५ हजारभन्दा बढी र संक्रमित एकलाख भन्दा बढी भएको हो ।
सबैभन्दा बढी संक्रमणको जोखिममा इटाली, स्पेन, अमेरिका र फ्रान्स रहेका छन् । ती मध्ये पनि इटालीमा सबैभन्दा बढी मृतकको संख्या इटालीमा १५ हजार ३६२ जनाको मृत्यु भएको छ भने स्पेनमा ११ हजार ९४७, अमेरिकामा ८ हजार ४५२, फ्रान्समा ७ हजार ५६० र बेलायतमा ४ हजार ३१३ जनाको मृत्यु भएको छ ।

यी देशहरुमा संक्रमितको संख्या पनि त्यतिकै तिब्र फैलिरहेको पनि सञ्चारमाध्यमहरुले लेखेका छन् । चीन, इरानमा ज्यान जानेको संख्या साढे ३ हजारको हाराहारीमा पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here