कविता

एन्जिला अधिकारी


यसरी कुनैबेला विश्व रुन्छ भन्ने
यस्तो कहिलै सोचिनँ मैले
खान र लाउन नसकेता पनि
जसैगरी बाँच्नपर्छ सोचिनँ मैले

हिँड्थेँ बेला बेला बाटो धारोतिर
घरमा थुनिन्छ भन्ने सोचिनँ मैले
खुल्ला मुहार सधैं हुन्थ्यो मेरो
यसरी मास्कको प्रयोग सोचिन मैले

आफ्ना आफन्तसँग हातेमालो हुन्थ्यो
छुन पनि नमिल्ने उनीहरुलाई सोचिनँ मैले
दिनभर खेलेको ती फोहोर हात
डिटोलले मिचीमिची धुने सोचिनँ मैले

हातमा एक रुपैयाँ पर्दा पसल दगुर्ने
घरबाट निस्की जान नहुने सोचिनँ मैले
बिाआमाको साथमा बस्ने सबैजना
आफ्नै ठाउँमा लक हुनपर्ने सोचिनँ मैले

परदेशी आउँदा खुसी हुने त्यो मन
उनीहरुसँग पर भाग्नुपर्छ सोचिनँ मैले
परदेशीलाई घर जान रोक लगाई
क्वारेन्टाइनमा राख्ने कुरा सोचिनँ मैले

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here