हेटौंडा– औषधि व्यवसायी संघ मकवानपुरले मकवानपुरका पत्रकारहरुलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोरोना भाइरसको महामारीकाबीच पनि कार्यरत पत्रकारहरुलाई स्वास्थ्य सुरक्षाको लागि भन्दै संघले स्यानिटाइजर, मास्क र साबुन नेपाल पत्रकार महासंघ मकवानपुरलाई हस्तान्तरण गरेको हो ।

संघका अध्यक्ष सुधिर दाहाललगायतको टोलीले बुधबार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईंलाई महासंघको कार्यालयमा पुगी स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् । स्वास्थ्य सामाग्री ग्रहण गरेपछि महासंघ अध्यक्ष हुमागाईंले औषधि व्यवसायी संघलाई धन्यवाद ज्ञापन गर्दै सञ्चारकर्ममा खटिएका सबैलाई उक्त सामाग्री वितरण गरिने प्रतिवद्धता जनाए ।

संघका अध्यक्ष दाहालले आवश्यकताअनुसार केही दिनमा थप स्वास्थ्य सामाग्री दिइने बताए । हस्तान्तरण कार्यक्रममा औषधि व्यवसायी संघका उपाध्यक्ष नारायणलाल श्रेष्ठ, महासचिव विनोद लामिछाने, सचिव देवनारायण शाह, महासंघका पदाधिकारीलगायत सदस्यको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here