हेटौंडा–नेपाल श्रष्टा समाजको आयोजनामा सोमबार साँझ आयोजित अनलाइन साहित्यिक कार्यक्रम ‘मकवानपुरका रत्नहरु’मा एक दर्जन साहित्यकारले आफ्ना साहित्यक रचना प्रस्तुत गरेका छन्र ।

श्रष्टा समाजका अध्यक्षका अध्यक्ष विधान आचार्यको संयोजनमा भएको जुममार्फतको अनलाइन साहित्यिक गोष्ठीमा सहभागी साहित्कारहरुले कविता, गजल र मुक्तक प्रस्तुत गरेका थिए । कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले निरुत्तर शीर्षकको कविता सुनाए भने पालुङ साहित्य परिषद्का अध्यक्ष विर्खे अन्जानले अवसान सपना शीर्षकको कवितामार्फत साहित्यिक माहोल तताए ।

गजल मञ्च मकवानपुरका अध्यक्ष देवराज तिवारीले जवानीको रङ शीर्षकको कविता सुनाएका थिए भने मञ्चका सचिव केशव समर्पण, सहसचिव विशाल अधिकारी आशुतोष र गजलकार भवानी तिमल्सिना न्यौपानेले आफ्ना गजलमार्फत आफ्ना भावहरु पोखेका थिए । त्यस्तै श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानका सचिव एवम् प्रगतिशील लेखक संघका केन्द्रीय पार्षद् सुवास खनाल र अर्का साहित्यकार छवि अनित्यले कविता सुनाएका थिए भने साहित्य संगम मकवानपुरका सचिव डिबी वर्तौलाले गजल प्रस्तुत गरे ।

यस्तै कवि, गजलकार तथा गीतकार सुनिल गौतमले सिमान शीर्षकको छन्द कविता प्रस्तुत गरे भने आँचल साहित्य कला पुञ्जकी सचिव भावना सापकोटा र साहित्य संगम मकवानपुरका कोषाध्यक्ष सानु खनालले कवितामार्फत आफ्ना विचारहरु प्रस्तुत गरेका थिए । प्रगतिशील लेखक संघ मकवानपुरकी अध्यक्ष शान्तिप्रिप बन्दनाले नाम वतन नखुलेको कवि शीर्षकको कविता पस्किइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here