हेटौंडा– मकवानपुरका ८ जनामा शुक्रबार एकैदिन कोरोना भाइरस संक्रमणको पुष्टी भएको भारतबाट करिब १९ दिन अगाडि मकवानपुर आएका छजना र अन्य दुईजना गरी ८ जनामा कोरोना पुष्टी भएको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
हेटौंडामा गरिएको परीक्षणमा मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकाको छजनामा कोरोना संक्रमणको पुष्टी भएको हो । काठमाडौंको टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पनि मकवानपुरका २ जनामा कोरोना संक्रमणको पुष्टी भएको बताए पनि ठेगाना भने खुलिसकेको छैन ।

छिमेकी मुलुक भारतबाट आएका मकवानपुरका मनहरीका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए । उनका अनुसार कोरोना संक्रमण हुनेमध्ये पाचजना पुरुष र एकजना महिला रहेका छन् । उनका अनुसार मनहरी–४ का ४० र २८ वर्षीय पुरुष, ३० वर्षीया महिला, मनहरी–१ का २६ र २६ वर्षीय पुरुष र मनहरी–७ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

हेटौंडास्थित प्रादेशिक कोरोना प्रयोगशामा स्वाब परीक्षण गर्दा शंकास्पद नतिजा आएपछि थप परीक्षणका लागि काठमाडौंस्थित टेकमा स्वाब पठाइएको छ । टेकुबाट प्राप्त रिपोर्ट अनुसार शुक्रबार उनीहरुमा कोरोना कोरोना पोजेटिभ देखिएको हो । भारतको गोवा र मुम्बईबाट उनीहरु जेठ १८ र २५ मा मनहरी आएका थिए । उनीहरुको स्वाब जेठ ३२ मा संकलन गरिएको थियो ।
संक्रमित ६ जना नै भारतबाट सिधै मनहरी–३ स्थित लामिटारमा रहेको क्वारेन्टाइनमा आएर बसेका थिए । ‘भारतबाट आएर सिधैं गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा उहाँहरु बसिरहनु भएको छ । जसको कारणले गर्दा अन्य व्यक्तिहरुस“ग भेटघाट भएको छैन ।’, गाउँपालिका अध्यक्ष उप्रेतीका अनुसार उनीहरुलाई हेटौंडास्थित आइसोलेसन वार्डमा पठाइएको छ । ‘आइसोलेसन वार्डमा भेन्टिलेटरसहितको सुविधा रहेको छ । त्यसकारण त्यहाँ पठाइएको हो ।’, गाउँपालिकाको क्वारेन्टाइनमा उनीहरुसहित १७ जना रहेका छन् ।

संक्रमित सबैलाई विश्व स्वास्थ्य संगठनका प्रतिनिधि र जिल्ला स्स्वास्थ्य कार्यालयको टोलीले निगरानीमा राख्ने जनाइएको छ । योसँगै मकवानपुरका १४ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ । हालसम्म मकवानपुरको हेटौंडा उपमहानगरपालिका, थाहानगरपालिका र मनहरी गाउँपालिकामा कोरोनाका विरामी भेटिएको हो । यसैगरी, नेपालमा कोरोना भाइरसका नयाँ संक्रमित ४ सय २६ जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ४ सय २६ जनामा संक्रमण पुष्टि भएको जानकारी गराए । यो सँगै संक्रमितको संख्या ८ हजार २७४ पुगेको छ । नयाँ संक्रमितमध्ये ३३८ पुरुष र ८८ महिला छन् ।

प्रवक्ता गौतमले गएको २४ घन्टामा २ सय १६ जना डिस्चार्ज भएको जनाए । पछिल्लो २४ घन्टामा ४ हजार २ सय ३१ गरी शुक्रबारसम्म पीसीआर विधिबाट १ लाख ६१ हजार ७ सय ४९ जनाको परीक्षण भएको प्रवक्ता डा. गौतमले बताए । यस्तै आरडीटी विधिबाट सोही अवधिमा ४ हजार ३ सय ९९ गरी शुक्रबारसम्म २ लाख ४७ हजार ८ सय ७४ जनाको परीक्षण भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here