हेटौंडा– मकवानपुरको एक मात्र नगरपालिका थाहा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ८० करोड ५६ लाख ३३ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । बुधबारको नगरसभामा उपमेयर खड्ग गोपालीले नीति तथा कार्यक्रमको साथ बजेटसमेत सार्वजनिक गरेका हुन् ।

उपमहानगरको आन्तरिक स्रोत ५ करोड १५ लाख ६० हजार, राजश्व बाँडफाँड १४ करोड ३७ लाख २० हजार, संघीय सरकारबाट अनुदान ५३ करोड २१ लाख, प्रदेश सरकारबाट अनुदान ७ करोड ८२ लाख ४३ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । थाहा नगरपालिकाले नीति तथा कार्यक्रम र कुल बजेट सार्वजनिक गरेपनि क्षेत्रगतरुपमा बजेटको बा“डफा“ड (विनियोजन) भने असार १९ गते पुनः नगरसभामा पेश गरिने मेयर लवशेर विष्टले जानकारी दिए ।

अर्को बैठकबाट बजेटको वडा तहसम्मको योजनाहरुको बजेटको बाडफाड पारित गरिने बताए । नगरपालिकाले आगामी आव २०७७/७८ मा ७ लाखभन्दा तलको योजनाहरु नबनाउने निर्णय गरेको छ । टुक्रे योजनाको कारण विकास निर्माणको काम प्रभावकारी हुन नसकेको निष्कर्ष निकाल्दै कम्तीमा पनि ७ लाख रुपैयाँभन्दा माथिको योजना मात्र बजेटमा समेटिने मेयर विष्टले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here