हेटौंडा– नेपाल राष्ट्रिय भूतपूर्व सैनिक श्रमिती संघ मकवानपुरले हेटौंडाकी २२ वर्षीया सुस्मिता केसी (थापा)को हत्या भएको भन्दै घटनामा संलग्नलाई कारबाही गर्न माग गरेको छ ।

सुस्मिता हत्या घटनामा संघको ध्यानाकर्षण भएको जनाउँदै संलग्नलाई कानूनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय समक्ष माग गरिएको हो । २ असारमा हेटौंडा–४ कर्रानजिक सुर्यचोकस्थित आफ्नै घरको भान्सा कोठाभित्र मृत अवस्थामा अस्मिता मृत फेला परेकी थिइन् । घटनामा संलग्नताको आरोपमा सुस्मिताको ससुरा प्रकाश र नन्द सीता थापालाई ४ असारमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

संघ मकवानपुरकी अध्यक्ष डोल्मा डोल्मा स्याङगबो र सचिव लक्ष्मी चौलागाईंले मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्र बहादुर रानालाई ज्ञापन पत्र बुझाउँदै घटनामा संलग्नलाई कारबाही गर्न माग गरेको हो । संघले पीडितलाई न्याय दिलाउन पनि माग गरेको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक रानाले जानकारी दिए ।

मृतक सुस्मिताको माइती पक्ष, महिला अधिकारकर्मी, सांसदलगायतले पनि घटनाको दोषिलाई कारबाही गर्न माग गर्दै आएका छन् । कपिलबस्तु माइती रहेको सुस्मिताको श्रीमानले पनि करिब ९ महिनाअघि दुर्घटनामा ज्यान गुमाएका थिए । माइत बस्दै आएकी सुस्मिता श्रीमानको सांस्कृतिक कार्यको लागि हेटौंडा आएकी थिइन् । टाउकोमा गम्भिर चोट र रगत लत्तपतिको अवस्थामा भान्सा कोठाभित्र सुस्मिता फेला परेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here