हेटौंडा–प्रगतिशील लेखक संघ मकवानपुरले आइतबार ५ जना कविलाई प्रविधिमार्फत एकैठाउँमा जोडर कविता बाचन कार्यक्रम गरेको छ । कोरोना भाइरसको विश्वव्यापी संक्रमणका कारण सिर्जित समस्याका बाबजुत पनि संघले आइतबार देशका विभिन्न स्थानमा रहेका ५ जना कविलाई समेटेर कविता गोष्ठीको आयोजना गरेको हो ।

कविता गोष्ठीमा कवि भुपिन, केवल बिनावी, पुरुषोत्तम आचार्य र यश लामा र शकुन्तला जोशीले ३/३ वटा कविता सुनाएका थिए । प्रगतिशील लेखक संघ मकवानपुरकी अध्यष शान्तिप्रिय बन्दनाको अध्यक्षतामा भएको कार्यक्रममा संघका पूर्व केन्द्रीय अध्यक्ष कवि एवम् कथाकार मातृका पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सर्कज सञ्जाल मकवानपुरका संयोजक एवम् साहित्य संगम मकवानपुरका अध्यक्ष निमेष निखिल, संघका केन्द्रीय पार्षद् सुवास खनाललगायतको आतिथ्यता रहेको थियो । गोष्ठीमा मकवानपुरसहित देशविदेशमा रहेका साहित्यकाहरुले सहभागिता जनाएका थिए । कार्यक्रमलाई संस्थाका सचिव विशाल अधिकारी आशुतोषले सहजीकरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here