हेटौंडा–मकवानपुरको मनहरी गाउँपालिका–१ चकरीमा रहेको चेतना मध्येवर्ती सामुदायिक वन क्षेत्रमा शनिबार वृक्षरोपण गरिएको छ ।

मनहरी गाउँपालिकाको १ लाख रुपैयाँको आर्थिक सहयोगमा उपलब्ध २ हजार ५ सय बिरुवामध्ये शनिबार १ हजार ५ सय विरुवा रोपिएको हो । वन क्षेत्रमा तेजपत्ता, हर्रो बर्रो, अमला, कटहरलगायतकाको विरुवा रोपिएको वन उपभोक्ता समूहका अध्यक्ष वंशीगोपाल कँडेलले जानकारी दिए । गाउँपालिकाले उपलब्ध गराएको विरुवामध्ये एक हजार विरुवा भने स्थानीयलाई वितरण गरिने उनले बताए ।

गाउँपालिका वडा नम्बर १ का अध्यक्ष शिवप्रसाद खनालको प्रमुख आतिथ्यतामा भएको वृक्षरोपण कार्यक्रममा हेटौंडा–१२ नम्बर वडाध्यक्ष ललित घलान, नेकपा मनहरी–१ का वडा संयोजक पोषकबाबु विष्टलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा वन समूहका माधव उप्रेतीले स्वागत गरेका थिए भने स्थानीय ६० जना भन्दा बढी स्थानीयले जनश्रमदानबाट विरुवा रोपेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here