हेटौंडा–मकवानपुर जिल्लामा पछिल्लो समय दैनिकजसो कोरोना भाइरस (कोभिड–१९) रोगका विरामी भेटिने क्रम बढिरहेको छ ।

हेटौंडामा स्वाब संकलन र पीसीआर परीक्षणको दर बढेसँगै कोरोना संक्रमित हुनेको संख्या दिनदिनै थपिँदै गएको हो । सोमबार मकवानपुरको विभिन्न स्थानको पाँचजनामा कोरोना पुष्टि भएकोमा मंगलबार थप तीनजनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । मंगलबारको संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पाटन अस्पतालमा गरिएको परिक्षणमा एकजनामा कोरोना पुष्टि भएको र हेटौंडा स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा गरिएको परीक्षणमा थप दुईजनामा कोरोना पुष्टि भएको जानकारी दिएका छन् । उनका अनुसार हेटौंडामा गरीएको परीक्षणमा कोरोना पुष्टि भएका दुईजना थाहानगर–६ बज्रबाराहीका पती र पत्नी भएको र उनीहरु विदेशबाट नेपाल फर्केका हुन् । ‘पती र पत्नी नै दुवईबाट नेपाल आएका थिए । संक्रमित दुवैलाई सोमबार नै हेटौँडा–४ कर्रा आइसोलेसनमा राखिएको छ ।’, उनले भने ।

डा. गौतमका अनुसार नेपालका चार जिल्ला कोरोना संक्रमणमुक्त भएका हुन् । भोजपुरमा १, तेह्रथुममा ३, सोलुखुम्बुमा ६ र हुम्लामा २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । चारै जिल्लाका कोरोनाका सबै कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । मकवानपुरमा कोरोना संक्रमितको संख्या बढ्दो, देशभर घट्दो नेपालमा मंगलबार सम्ममा जम्मा संक्रमितमध्ये
कोरोना निको भएर ४६.४ प्रतिशत संक्रमित घर फर्किए छन् । गौतमले पछिल्लो २४ घण्टामा कोरोना संक्रमित भइ देशभरका विभिन्न अस्पताल र आइसोलेसनमा रहेका ६ सय ८८ जनामा कोरोना ठिक भएको बताएका छन । कोरोना निको भएर ६ सय ८८ संगै नेपालका कोरोना ठिक हुनेको संख्या ७ हजार ४ सय ९९ पुगेको छ । तथ्याङ्क अनुसार नेपालमा ४६.४ प्रतिशत संक्रमित कोरोना जितेर घर फर्किएका छन ।

योसँगै नेपालमा पछिल्लो साता कोरोना संक्रमित हुनेको संख्यासँगै संक्रमणको दर पनि घटेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार १३३ नमूना परीक्षण गर्दा २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १७ असारमा देशभरका ल्याबमा ४ हजार ८ छसय ८६ नमुना परीक्षण गर्दा ७ सय ४० जनामा संक्रमण पुष्टि भएको थियो । यो एकैदिन भेटिएको सबैभन्दा धेरै संक्रमित थियो । त्यो दिन संक्रमणको दर पनि १६.५ प्रतिशत थियो । त्यसयता संक्रमितको संख्यासँगै संक्रमणको दर पनि घटेको छ । मंगलबार संक्रमणको दर घटेर ३.३ मा आइपुगेको मन्त्रालयले जनाएको छ । ‘दिनहुँ संक्रमित हुनेहरुको प्रतिशत घटिरहेको छ ।’, उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here