हेटौंडा–मकवानपुरमा मास्क नलगाई घर बाहिर हिँड्डुल गर्नेलाई पक्राउ गर्ने मकवानपुर जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले निर्णय गरेको छ । केन्द्रको बुधवार बसेको बैठकले जिल्लाभित्र अनावश्यक आवतजावत र भीडभाड नगर्न, बाहिर निस्किनु पर्ने अवस्थामा न्यूनतम २ मिटरको दुरी कायम गर्न र अनिवार्य रुपमा मास्क र सेनिटाइजरको प्रयोग गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

अनुरोध अटेर गरेमा तत्काल नियन्त्रणमा लिई प्रचलित कानून अनुसार कारबाही गर्ने निर्णय गरेको छ । अनुरोध विपरीत जानेलाई संक्रामक रोग २०२० बमोजिम कडाई पूर्वक कारबाही गर्ने निर्णय बैठकले गरेको जनाइएको छ । संघीय सरकारको गृह मन्त्रालयले २२ असारमा अनिवार्य मास्क, सेनिटाइजर प्रयोगमा कडाई गर्न जिल्ला प्रशासनहरुलाई निर्देशन दिएको थियो ।

अनावश्यक रुपमा आवतजावत र भीडभाड गर्न, बाहिर निस्किनुपर्ने भएमा २ मिटरको दुरी कायम गर्न, मास्क र सेनिटाइजर अनिवार्य प्रयोग गर्ने लगायतका स्वास्थ्य र सुरक्षा मापदण्ड पालना गर्न÷गराउन प्रथामिकताका साथ प्रचारप्रसार गर्न सबै स्थानीय तहलाई अनुरोध गर्ने बैठकले निर्णय गरेको छ । मकवानपुर उद्योग वाणिज्य संघले पनि मास्क र सेनिटाइजर प्रयोग गरेर स्वास्थ्य सुरक्षा सावधानी अपनाएर मात्र हिँड्डुल गर्न आग्रह गरेको छ । उद्योगी, व्यवसायीहरुलाई स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्णरुपमा पालना गर्न संघले आग्रह गरेको छ । संघले सूचना जारी गर्दै अटेर गरेमा कानुन अनुसार कारबाही हुने जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here