हेटौंडा– हेटौंडा–८ कमाने स्थायी निवासी गायिका स्वस्तिका ढकालले पहिलो अफिसियल गीत बजारमा ल्याउने भएकी छन् । नेपाल आईडलको सिजन ३ मा उत्कृष्ट १२ सम्म पुग्न सफल हेटौंडेली गायिका ढकालले ‘कसले भन्यो तिमीलाई’ बोलको गीत बजारमा ल्याउन लागेकी हुन् ।

‘मेरो पहिलो अफिसियल भिडियो तयार भएको छ । साउन १२ गते मेरो जन्मदिन पनि हो, सोहीदिन युट्युबमार्फत गीत सार्वजनिक गर्ने तयारी गरेकी छु ।’ ढकालले भनिन् । उनले आफूले म्युजिक भिडियो सार्वजनिक गर्न लागेको कुरा सामाजिक सञ्जालमार्फत पनि जानकारी दिएकी छन् । सामाजिक सञ्जालमा गीतको पोष्टर राखेर स्वस्तिकाले लेखेकी छन्–‘नमस्ते सम्पूर्णमा, अब प्रतिक्षाको घडी समाप्त हुँदैछ , यो पोष्ट शेयर गरेर सबैले साथ दिनुहोला है ।’

चर्चित गीतकार, साहित्यकार तथा सञ्चारकर्मी अमृता नेपालको शब्द र चर्चित संगीतकार अर्जुन पोख्रेलको संगीतमा गीत तयार भएको हो । गीतलाई रिदम कँडेलले एरेञ्ज गरेका हुन् । गीतको म्यूजिक भिडियोमा स्वस्तिकाकै फिचरिङ गरिएको छ । अनिश आयु बाबाको छायाँकनमा तयार भएको म्यूजिक भिडियोको कन्सेप्ट स्वस्तिकाले नै तयार गरेकी हुन् । भिडियोको सम्पादन सुशिल र सेशाले गरेका छन् । गीत निर्माणमा एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले पनि सहयोग गरेको छ ।

२३ वर्षीया स्वस्तिका विद्यालय अध्ययन गर्दादेखि नै गीत संगीतमा निकै रुचि राख्थिन् । उनी गीत संगीतलाई पीडा भुलाउे थेरापीको रुपमा ब्याख्या गर्छिन् । केही वर्षयता उनी विभिन्न सांगीतिक कार्यक्रमहरुमा पनि व्यस्त बनिरहेकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here