बल्ल प्रकृतिले लामो सास फेर्न पाएको छ । आज शान्तसँग आफ्नो आकृति मिलाई मिलाई कल–कल बगिरहेछ, त्रिशुली, कर्णाली, राप्ती आदि नदीहरु । धुलाम्य ती सडक अनि विरुवाहरु आफ्नै स्वरुपमा प्राकृतिक छटा मिलेर उभिएका छन् । अनि आफ्नै गन्ध सुगन्ध छरिएर फूलहरु फुलिरहेका छन् । म हिँड्ने बाटोमा त झन् एक महिनादेखि फुलिरहेको लालुपाते फुलेको बल्ल देखेँ छर्लङ्ग ।

दुःख को कुरा, मन्दिर, देवालय, मस्जिद, चर्च बन्द छ । पूजारीहरु सब कोठाभित्र बसीबसी मन्त्र जपिरहँदा मन्दिरको घण्टी आफैं बजिरहेको भान हुन्छ । हो घरभित्रबाट खैँजडी र मादलको तालले भगवान यसको गीत गुञ्जिरहेको बेला ती ठूला–ठूला महान ज्योतिषिहरु नि चुपचाप छन् । कसैले केही गर्न सकिरहेका छैनन्, सब चुपचाप ।

जीवित जगतमा मानव सर्वश्रेष्ठ प्राणी हो । तर आज ऊ विवश छ, सामान्य रुघाखोकी लाग्दा नि पचाउने ती महान नेपालीहरु आज घरभित्रै डराइडराई खान बाध्य भएका छन् । टोल सुनसान छ । बस्ती चकमन्न सन्नाटाले छाएको बेला ती ठूलाठूला राजमार्गहरुको पनि कुनै भ्यालु नहुँदो रहेछ । रोडमा, बाटोमा मान्छे नहिँडेपछि, गाडी नगुडेपछि के काम ? कतैकतै त आफ्नो जन्मथलो फर्किरहेको पनि देखिन्थ्यो । टिभीमा बाटोमा हिँड्ने बटुवाहरु काँधम झोला बोकि सानासाना लालावाला डो¥याउदै टन्टालापुर घाममा बिना छाता हिडिँरहेको दिखिन्थ्यो । एक मुठी चिउरा र पानीको भरमा बिहानदेखि बेलुकासम्म हिँडिरहेका देखिन्थे । सडकहरु मर्मत हुँदै थियो ।

दैनिक घाँस, दाउरा, मेलापात कहिल्यै नरोकिँदो रहेछ । काठमाडौं उपत्यका छिर्ने नाकाहरु सबै सुनसान अनि सब भोकाएका छन् । बाटोको बजारहरु सब सुनसान । जतिबेला नि त्यहाँबाट धुरिबाट धुवाँ उडिरहने ती ठाउँमा अहिले घुलो उडिरहेको छ । ज्याला मजदुरी गर्नेहरु तातो सडकमा हिडिँरहेका देखिन्थे । आफ्ना घर फर्केकाहरु सानासाना नानीहरुसँग आमा–बाबु खेलिरहेका छन् ।
घरको पिँढीमा बसेर आमा–छोरा कुरा गरिरहेका छन् । हजुरआमा मख्ख छिन्, नातिनातिनासँग बस्न पाएकोमा । गाउँले बल्ल देख्न पाएको छ, आमा–छोराको भेट, हजुरआमा र नातिपनातिको भेट ।

भोकमरी लागेको छ । श्रमिकहरु अलपत्र छन् । सिमानामा सुत्केरी दिदीहरु स्याहार नपाएर चिसो खुल्ला आकशमुनि बसिरहँदा भोकभोकै सीमापारी अलपत्र परि नानीबाबु च्यापेर हिडिँरहेको तस्वीर टुलटुल हेरी बस्नुबाहेक अरु केही छैन । दुलाहा बनेर गएका नवराज लास बनेर फर्किंदा ती आमा, बहिनी बेहोस थिए । तर दाउ छोप्नेहरु त छोपिरहे । कालोबजारी सीमा मिच्नेदेखि सहयोग र अनुदानमा भष्टाचार रोकिएन । मौकामा चौका हान्नेको लर्को नाम र दाम एकैचोटि कमाउने धुनमा रहेका दलाल ब्यापारी, समाजसेवी नेता भनाउँदाहरु हिसाबकिताब नजानेजस्तो गरेर कम दामको सामान बढि मूल्यमा बेचिरहँदा ती सोझा जनतालाई के थाहा ? ५ सयको पीपीईलाई ५ हजार पर्छ भनेर ।

बलात्कारको कुरा गर्न कतै रोकिएको छैन । घटना घटिरहेको छ । १३ बर्षकी अङ्गीरा बलात्कृत भइरहँदा उता सरकार आत्महत्याको संज्ञा दिन तत्पर छ । दलित भनि मारिएका नवराजहरु आज तड्पीतड्पी बाँच्न बाध्य छन् । अनि धनीमानी करोडपति छोरीहरु मायाजालमा फसाई मोजमस्ती गर्दैछन् । दलितको लागि छुट्टै स्पेशल प्याकेज सरकारले बजेटमा छुट्टयाइरहँदा नवराजको साथीको श्रीमती दूधे बालक छोरो च्यापेर लोग्नेको क्रियापुत्री बसिरहेकी
थिइन् । सेतो कपडामा ढाड देखाएर हिँडिरहेका फेसबुकमा भाइरल भयो । हजुर अनुहार देखाउँदा त एसिड छ्यापिन्छ । न्यायको आश गर्दागर्दै निर्मलाको आत्माले हामीलाई सरापिरहेको होला । उनलाई पनि न्याय देऊ सरकार, अस्मितालाई जस्तै । अनि मुस्कान खातुनले जस्तै एसिड आक्रमणको घाइतेलाई न्याय दिलाऊ सरकार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here