हेटौंडा– जनप्रिय माध्यमिक विद्यालय तथा प्राविधिक शिक्षालय अङ्ग्रेजी माध्यमले एकदिने साहित्यिक विषय केन्द्रित वेबिनर आयोजना गरेको छ । गद्य कविता लेखनका बारेमा भएको उक्त कार्यक्रमको सहजीकरण कवि सुवास खनालले गरेका थिए ।

विद्यार्थीको सिर्जनात्मक क्षमता वृद्धिका निम्ति यस्तो कार्यक्रम महत्वपूर्ण रहेको अङ्ग्रेजी माध्यमका संयोजक कैलाश धितालले जानकारी दिए । कार्यक्रममा फरक फरक विधाका व्यक्तिहरूलाई ल्याएर थप प्रभावकारी बनाउँदै लैजाने उनले बताए । वेबिनारले विद्यार्थीमा थप अभिप्रेरणा उत्पन्न भएको र यस्तो कार्यक्रम आयोजना हुनुपर्ने प्रविधि संयोजनमा रहनुभएका रविन श्रेष्ठले बताए ।

विद्यालयका प्रधानाध्यापक नमराज अर्याल र व्यवस्थापन समितिका अध्यक्ष लोकनाथ चौलागाईँले यस्ता कार्यक्रम आयोजना गर्न विद्यालय सधैँ तत्पर रहेको बताए । सहजीकरण गर्ने खनाल गद्य कविता लेखनमा क्रियाशील सर्जक हुन् । उनको विचारको उल्टो नदी नामक कविता सङ्ग्रह प्रकाशित छ । कार्यक्रममा साहित्य सङ्गम मकवानपुरका सचिव डिबी बर्तौलाको पनि सहभागिता रहेको थियो र विद्यार्थीहरू उत्साहित रहेको प्रतिक्रिया उनीहरूबाट प्राप्त भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here