हेटौंडा–जेसीआई हेटौंडाले आयोजना गरेको खुला गजल प्रतियोगितामा नुवाकोटका गोपाल खनाल प्रथम भएका छन् । बुधबार जुम एप्समार्फत भएको गजल प्रतियोगितामा मकवानपुरका केशव समर्पण द्वितीय हुँदा मकवानपुरकै गंगा सापकोटा र बागलुङका मनिष गौतम तेस्रो भए ।


प्रथम, द्धितीय र तृतीय भएकाहरुले क्रमश ः नगद ५ हजार, ३ हजार र २ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरे । हेटौंडा जेसीजले अनलाइनमार्फत जेसीज सप्ताह अन्तर्गतका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । कार्यक्रममा मकवानपुरसहित विभिन्न जिल्लाका ४४ जनाले भाग लिएका थिए । कार्यक्रम संयोजक लिसेन बस्नेतको संयोजकत्व एवम् हेटौंडा जेसीजका अध्यक्ष राजदेव बनियाँको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ साहित्यकार प्रकट पंगेनी ‘शिव’को प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जेसीज सप्ताह मूल कार्यक्रम संयोजक कार्यकारिणी उपाध्यक्ष पवनकुमार कंसाकारले जेसीज सप्ताहको सन्दर्भमा आयोजना गरिएको कार्यक्रमको बिषयमा जानकारी गराएका थिए ।

खुला गजल कार्यक्रममा पत्रकार महासंघ मकवानपुर सचिव गणेशदर्पण अधिकारी, निर्णायक तथा साहित्यकारहरु बवी थापा, देवराज तिवारी र निमेष निखिल, जेसीआई हेटौंडाका पूर्व अध्यक्षहरु दीपकराज मिश्र, प्रभात पौडेल, गणेशकुमार श्रेष्ठ, श्याम पौडेललगायतले मन्तव्य व्यक्त गरेका थिए । जेसीज सप्ताह अन्तर्गत बिहीबार माइन्ड सेट तालिम कार्यक्रम रहेको महासचिव विश्व गौतमले जानकारी दिए । कार्यक्रममा नेपाल जेसीजका निरुपित राष्ट्रिय उपाध्यक्ष विशाल थापा, सह मूल कार्यक्रम संयोजक विकेशलाल श्रेष्ठलगायतले आतिथ्यता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here