हेटौंडा– प्रगतिशील लेखक संघ (प्रलेस) मकवानपुरले शुक्रबार ‘पाँच कविका १५ कविता’ को दोस्रो शृङ्खला सम्पन्न गरेको छ ।

भर्चुअल माध्यमबाट भएको कार्यक्रममा इटहरीका कवि टीका आत्रेय र मिश्र बैजयन्ती, मकवानपुरका निमेष निखिल, चितवनका सुमनराज श्रेष्ठ र काठमाडौंका आरएम डंगोलको ३/३ वटा गरी १५ वटा कविता प्रस्तुत गरिएको थियो । प्रलेस मकवानपुरकी अध्यक्ष शान्तिप्रिय बन्दनाको अध्यक्षतामा भएको कार्यक्रममा प्रलेस केन्द्रीय अध्यक्ष प्राडा जिवेन्द्रदेव गिरीको प्रमुख आतिथ्यता रहेको थियो ।

पाँच कविले प्रस्तुत गरेको कवितामाथि समीक्षक बासुदेव अधिकारीले समालोचना गरेका थिए । कविहरुले अराजक नबनी प्रतिपक्ष भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो । प्रलेस मकवानपुरका सचिव विशाल अधिकारी ‘आशुतोष’ले सहजीकरण गरेको कार्यक्रममा कविहरु सुवास खनाल, देवराज तिवारी, दीपक गौतम, पुरुषोत्तम आचार्य, रमेशमोहन अधिकारी, भावना सापकोटालगायतको आतिथ्यता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here