निशा कट्टेल

बालविवाहले महिलाको स्वास्थ्य तथा सामाजिक रुपमा पनि हानी पु¥याउने भएकोले यसलाई अपराधजन्य कार्यको रुपमा लिइन्छ । बाल बिवाह नेपालका हरेक समाजमा व्याप्त छ । जहाँ एक जना सानो बालिका वा किशोरीसँग अर्को एक बालक वा बयष्क पुरुषसँग पुरुषसँग विवाह गरिन्छ । नेपालको कानुनले २० वर्षभन्दा अगाडि बिहे गर्न प्रतिबन्ध लगाएको छ । त्योभन्दा मुनि बिहे गरेमा बाल बिवाह ठहरिन्छ । पहिला बालविवाह आमाबुवाको कारणले हुन्थ्यो भने आजभोलि विभिन्न सामाजिक सञ्जालको दुरुपयोगको कारणले पनि हुने गर्दछ । सानै उमेरदेखि मोबाइल फोनको दुरुपयोग गर्दा विभिन्न प्रलोभनमा परी बिवाह हुने गरेको पाइन्छ ।

नदेखेको नचिनेको मानिससँग नजिक हुँदै गएर वैवाहिक सम्बन्धमा बाँधिएको उदाहरण समाजमा धेरै छन् । एसिया मध्येमा नै बालविवाहको उच्च दर नेपालमा पाइन्छ । दुवै केटाकेटीको लागि एसिया मध्येमा नै बालविवाहको उच्च दर नेपालमा पाइन्छ । केटाकेटी दुवैको लागि विवाहको उपयुक्त उमेर वा कानुनी उमेर भनेको २० वर्ष भयता पनि एकतिहाई भन्दा बढी ग्रामिण भेगमा हुने युवाको विवाह अर्धवयस्क नै हुने गर्दछ ।

अन्य देशको तुलनामा नेपालमा युवा पुरुषको बालविवाहको दर धेरै देखिन्छ । उनीहरुले १८ वर्ष नपुगी विवाह गर्ने गरेका छन् । यसका धेरै कारणहरु हुन सक्छन् । जसमध्ये गरिबी, अशिक्षित, निरक्षर बाबुआमाको सोच, नकारात्मक लैङ्गिक सोच, सामाजिक सोच र मूल्य मान्यता आदि यसको प्रमुख कारण हो । बालविवाहले दुवै महिला र पुरुषको स्वास्थ्यमा नकारात्मक असर पु¥याउने भएकोले यस्ता कार्यहरु गर्न रोक्नुपर्छ । यसको लागि समाजका हरेक मानिसहरु जिम्मेवार हुनुपर्छ । जनचेतनाका कार्यक्रमहरु पनि सञ्चालन गर्नपर्छ । बालविवाहले धेरै समस्याहरु निम्त्याउँदछ । जसमध्ये गम्भीर समस्याहरु निम्न लिखित छन् ।

१) व्यक्तिगत हानी
– बाल बिवाहले प्रारम्भिक गर्भधारण निम्त्याउँदछ । जसले महिलाको स्वास्थ्यमा नकारात्मक असर पु¥याउँछ ।
– २० वर्ष भन्दा कम उमेरमा बिवाह गरेको किशोरकिशोरीलाई एचआइभी संक्रमणको धेरै जोखिम हुने अफ्रिकामा गरेको अध्ययनले देखाएको छ ।
– युवा किशोरी शारीरिक रुपमा परिपक्क नभएको कारण शिशुलाई जन्म दिँदा आमा र शिशु दुवैको ज्यान जोखिममा पर्न जान्छ ।
– आत्मनिर्भर नभई सानै उमेरमा बिवाह गर्दा विभिन्न आर्थिक समस्याहरु आइपर्नसक्छ । पारिवारिक कलहका कारण मानसिक समस्या पनि हुनसक्छ ।

२) समाज वा राष्ट्रलाई हुने समस्या
– बाल बिवाहमा गरेको अध्ययनले देखाएअनुसार बाल बिवाहका कारण जन्मदर घट्नेछ । साथै देशको आर्थिक वृद्धिमा पनि नकारात्मक असर गर्छ । शिशु मृत्युदर पनि बढ्छ । बालविवाह आजसम्म प्रचलित भएको कारण देशले आर्थिक फड्को मार्न सकेको छैन् र दिनहुँ जनसंख्या तीव्र रुपमा बढ्दै गएको छ ।

३) बाल बिवाहको उदाहरण
– हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ की एक जना महिलाले बालविवाह गरिन् । उनको १२ वर्षको उमेरमा भागेर १८ वर्षको केटासँग बिवाह भयो । उनी भन्छिन् कि जब उनको गाउँमा उनको तत्कालीन प्रेमीसँगका सम्बन्धको बारेमा अफबाह फैलियो । उनको आमाबुवाले उनीहरुलाई छुटाउन खोजेकोले उनले भागी विवाह गरिन् । विवाह गरिसकेपछि पनि धेरै वर्षसम्म उनलाई सानो उमेरमा बिवाह गरेको र शिक्षाबाट बञ्चित भएको कारण परिवार नियोजन सम्बन्धी ज्ञान नभएको उनी बताउँछिन् ।

उनी अहिले ३५ वर्षकी भएकी छन् र उनको ४ वटा छोरी र एउटा छोरा छन् । सायद धेरै छोराछोरीलाई स्थानपान गराएको कारणले होला उनी आज स्तन क्यान्सरको शिकार भएकी छन् । उनको बालविवाह नभई उपयुक्त उमेरमा विवाह भएको भए यस्ता आर्थिक, सामाजिक, शारीरिक समस्याहरु देखा पर्दैन थियो । उनी आज स्वस्थ हुन्थिन् ।

आर्थिक समस्याहरु समयका साथ समाधान हुँदै जालान् तर स्वास्थ्यमा आउने समस्याहरुले जीवनभर पिरोलिरहने वा ज्यान नै लिने भएकाले बालविवाह जस्ता कार्यहरु रोक्नु अनिवार्य छ । स्वस्थ शिशु जन्माउन, राष्ट्रको आर्थिक अवस्था सबल बनाउन, आमाको स्वास्थ्य सुनिश्चित गर्न, युवा किशोरकिशोरीलाई बाल बिवाहले निम्त्याउने समस्याहरु सम्बन्धी शिक्षा दिई जनचेतना गराउन आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here