सुमिना बर्देवा

सञ्चार माध्यम समाजका हरेक जाति, धर्म, लिङ्ग, पेशाका मानिसहरुको आवाज बोल्ने माध्यम हो । मिडियामा समाजका हरेक घटनाको उजागर गरिन्छ । समाजका नकारात्मक पाटोहरुको उजागर गरी सकारात्मकतातिर डो¥याउन सञ्चार माध्यमको महत्वपूर्ण भूमिका हुन्छ । यहाँ हरेकका विचारहरुलाई पनि समेटिन्छ । सकारात्मक विचारहरुकै बलले समाज रुपान्तरणको मार्ग निर्धारण गरिन्छ ।

हरेक घटना र विचारलाई समेट्ने क्रममा मिडियाले लैङ्गिक समानता र मिडियामा महिला तथा किशोरीहरुको सहभागितालाई पनि जोड दिनु जरुरी देखिन्छ । महिला, किशोरी र बालबालिकाको आवाजलाई पनि मिडियाले प्रकाशन गर्नुपर्दछ । नेपालको सन्दर्भमा हरेक क्षेत्रमा पुरुषहरुको मात्रै बढी सहभागिता हुने गर्दछ ।

महिला तथा किशोरी र बालबालिकाहरुले पनि उचित मार्ग निर्देशन पाएको खण्डमा उनीहरु पनि सक्षम भई पुरुषहरुले सरह काम गर्न सक्छन् । हरेक क्षेत्रमा पुरुषहरुको बर्चश्व छ । यो समस्या मिडिया क्षेत्रमा पनि देखिन्छ । मिडियामा काम गर्नेमा पुरुषहरु नै बढी देखिन्छन् । महिला र किशोरीहरुको सहभागितालाई पनि जोड दिनुपर्दछ । महिला, किशोरी र बालिकाहरुलाई पनि मिडिया क्षेत्रमा आफ्नो प्रस्तुतीकरणको अवसर दिँदा आफ्नो उमेर समूहका व्यक्तिहरुको आवाज बोल्न सहज हुन्छ । नेतृत्व र व्यक्तित्व विकास हुन्छ ।

महिला र किशोरीहरुले अबका दिनहरुमा मिडियामा आफ्नो प्रस्तुतीकरणलाई बढाई अधिकारको लडाई लड्नुपर्ने आवश्यकता देखिन्छ । सञ्चार माध्यम भनेको धेरै जनासम्म एकसाथ पुग्ने माध्यम हो । अनलाइन सञ्चार माध्यमको विकास भएसँगै विश्वका एक कुनाबाट प्रसारित सामाग्रीहरु विश्वको जुनसुकै कुनामा बसेर पनि हेर्न, पढ्न, सुन्न सकिने अवस्था छ । त्यसैले यस्तो माध्यमको प्रयोग गर्न महिला, किशोरी र बालिकाहरु अग्रसर हुनु जरुरी छ ।

साथै उनीहरुलाई अगाडि बढाउनको लागि सञ्चार माध्यमहरुले पनि सकारात्मक भूमिका खेलिदिनुपर्छ । पीडा, समस्या भोग्नेलाई मात्र बढी थाहा हुन्छ । त्यसैले महिला, किशोरी र बालिकाको समस्या उनीहरुलाई नै बढी थाहा हुन सक्छ । त्यसैले समाज रुपान्तरणको लागि महिला र किशोरीहरुको मिडियामा प्रस्तुतीकरण अत्यन्त आवश्यक छ । आगामी दिनहरुमा मिडियामा महिला, किशोरी र बालिकाको सहभागिता र उनीहरुको प्रस्तुतीकरण बढ्ने विश्वास लिएका छौं । यसमा सबैको साथ र सहयोगको आवश्यकता छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here