केशब खड्का
२०७६ फागुन लागिसकेको थियो । कोरोनाको सन्त्रासले बिश्व ताती नै रहेको थियो । फागुन २ गते बिहान साढे ६ बजेतिर राजु दाइको फोन तारान्तर बज्यो । फोन उठाइयो ,राजु दाइको स्पष्ट निर्देशन थियो, कोरोना प्रचार सम्बन्धी दुइ लाख प्रचार सामाग्री छपाएर गाउँ, स्कुलमा बितरण गर्ने । दाइको कुरा सही लागेर सहमती जनाए । राजु दाइले तुरुन्तै प्रचार सामाग्रीको डिजान गरिहाल र प्रेसमा पठाइदि हाल भन्नु भो । म त्यही अनुरुप तयार भए । राजु खतिवडा नेपाल बिधार्थी संघ मकवानपुरका अध्यक्ष हुनुहुन्छ ।

राजु दाइको निर्देशन अनुरुपका कोरोना सचेतना सम्बन्धी दुइखाले प्रचार सामाग्रीको डिजाइन तयारी पारी दाइलाइ देखाएर छपाइका लागी फागुन ६ गते मकवानपुरको प्रेसमा पठाए । प्रचार सामाग्री दुइखाले बनाइयो,एउटा कोरोना संक्रमण तथा बच्ने उपाय सहीतको स्टीकर र अर्को कोरोना सचेतना सहितको २०७७ को गोजी पात्रो थियो । प्रेसले फागुन ८ गते बिहान फोन गरी सामाग्री तयार भएको जानकारी गरायो मैले सोही जानकारी राजु दाइलाइ गराए । राजु दाइले योजना अनुसार दुइखाले कार्यक्रमहरु तय भए । कोरोना सचेतनामा अग्रस्थानमा खटिने दाइको योजना सहित कार्यक्रमहरु सार्बजनिक गरिए ।

पहिलो चरणमा सार्बजनिक बसमा कोरोना सचेतना सम्बन्धी स्टीकर टाँस्ने र यात्रुलाइ मास्क बितरण गर्ने र दोस्रो चरणमा बिभिन्न स्कुल तथा साबैजानिक ठाउमा कोरोना सचेतना सहितको गोजी पात्रो बितरण तथा मास्क बितरण गर्ने कार्यक्रम तय भयो जस्को शुरुवात हेटौंडाको बुद्धचोकमा औपचारीक कार्यक्रम सहीत गर्ने भइयो ।

२०७६ फागुन १५ गते बुद्धचोकमा माननीय इन्द्र बानियाँ, नेका केन्द्रीय सदस्य डिना उपाध्याय लगायत सयौको उपस्थीतिमा प्रकाशित कोरोना सचेतना सामागी्र सार्बजानिककरण तथा बितरण कार्यक्रम भब्यरुपमा सफल भयो, कार्यक्रमको सञ्चालन म आफैले गरेको थिए । तयसपछि शुरु भयो अभियानकै रुपमा कोरोना सचेतना कार्यक्रमहरु कहिले राजमार्ग ,कहिले बसपार्क ,कहिले स्कुल,कहीले चोकचोक अभियान ब्यापक र उत्साहकैरुपमा अगाडी बढ्यो । झण्डै तीन हजार बढी सवारी साधनमा कोरोना सन्देश सहीतका स्टीकर टाँसीयो भने कयौं सार्बजानिक ठाउमा स्टीकर छ्यापछ्याप्ती भइरहेको थियो ।

यो कार्यक्रमहरु बिभिन्न ठाउमा गर्दै फागुन ३० गते सकेर गोजि पात्रो बितरण गर्ने कार्यक्रम शुरु भयो । कयौं स्कुल,कलेजहरुमा सकृय बितरण भो । चैत ७ गते लागीसक्दा पनि कार्यक्रम चलिरहेकै थियो । कोरोनाको सन्त्रास पनि बढीरहेकै थियो । सार्बजनिक सञ्चार माध्यमहरुमा अनेक खबर भयाबहरुपमा प्रसारीत र प्रकाशित भइरहेकै थिए । राजु दाइले यो कार्यक्रम सहीत गाउगाउ जाने योजना सुनाइरनु भएको थियो । यसैबिच एउटा कलेजको कार्यक्रम सक्काएर सुबास सापकोटा र म सुबासको कार्यालयमा आइयो ।

सुबासले एउटा गम्भीर कुरा सुनियो, हामी बढी नै उत्साहीत छौं,के यो समय यो कामका लागी उपयुक्त छ र रु कतै हामी नै यो भिडभाड र कोलाहलमा संक्रीमित भयौं भने रु सुबासको गम्भीरतामा दम भए झैं लाग्यो र राजु दाइलाइ कुरा गरेर सबै कार्यक्रमहरु स्थगित गर्नेमा हामी एक मत भयौं । २०७६ चैत ९ थियो त्यो दिन सुबास र उस्का केही साथीहरु सहित हामी दिउसोको पुर्ब निर्धारित कार्यक्रम छलेर गडी उक्लियौं । गडी हेटौंडा बजारबाट करीब ३० किमि टाढा छ । सुबासको साथीहरुले बाटोमा लोकल कुखुरा किनेर गाडीमा राखे ।

हामी गाडीमा त्यही लोकल कुखुरा एउटा होटेलमा पकाउन लगाएर खाएर बेलुका करीब ७ बजेतिर फर्कियौं । कारमा एफएम रेडीयो बजिरहेको थियो । एफएमबाट एकसुरमा देशभर चैत ११ बाट लकडाउन हुने खबर बजिरहेको थियो । समाचार बजिरहेको थियो,मेरो मनमा एउटा अनौठो सन्त्रासले डेरा जमाइसकेको थियो । म देशमा कफयु लागिरहेको, अनिष्ठ हुन थालेको अकाग्रहमा डुबिसकेको थियो । ८ बजेतिर कोठामा आइयो, जताततै यही खबर भयाबहरुपमा आइरहेको थियो । म जसरी पनि हेटौंडा छाड्नुपर्छ भन्ने निर्णयमा पुगे । दाइलाई खबर गरे, दाइ भाउजूहरु काठमान्डु बस्नुहुन्छ ।

दाइले छोरो इशानको स्कुल बिदा छ गाउ जान्छु भन्छ, यतैबाट आएर लिएर जानु भन्नु भो । म काठमान्डु तिर बिहानै हेटौंडाबाट सुमोमा लागे, करिब १२ बजेतिर बल्खु पुगियो । दाइको कोठा नगइ सिधै नयाबस पार्कतिर लागे । बसपार्कमा अनौठो भिडभाड थियो,मानौं भोलिबाट उपत्यकामा अनिष्ठ हुदै छ । दशैतिहारको भिडभाड भन्दा बढी थियो बसपार्क ,कुनै बस खाली थिएनन, पश्यिम आउने सबै बस खचाखच थिए । करीब १५।२० ठाउमा फोन गरेसी दाङ्गका लागी पछाडिका दुइ सिट हात पारे, उधुम खुशी लाग्यो ।

बसपार्कबाट ट्याक्सीमा सिधै दाइको कोठामा गएर इशानलाइ लिएर बसपार्क आए । त्यहाबाट दाङ्गको बसमा करीब ५ बजेतिर चढें । लकडाउन भन्ने शब्दले मनमा त्रास पैदा गरीसकेको थियो । रातभरी गाडीमा उतिसाह्रो निन्द्रा पनि लागेन । बिहान करीब ११ बजेतिर इशान र म तुल्सीपुर बसपार्कमा पुगियो । दिदि,भेना दाङ्गमै जागीरे हुनुहुन्छ । साह्रै थाकेका हामी त्यतै लाग्यौं । साझ १२ बजेबाट देश पुर्ण लकडाउन हुदै थियो । हामी केही दिन दिदि भेना कै कोठामा बस्ने भयौं,अबस्था हेरेर गाउ जाने सल्लाह भो ।

दिनचर्या सामान्य बित्दै थिए । दिनकै कोरोना अपडेट हेर्दै हामी सन्त्रास सहित गफिन्थ्यौं । यसैबिच कलेजको अनलाइन कक्षा,बिभिन्न वेभीनाइरमा सहभागी हुदै दिन बितेकै थिए ।म दाङ्गमै रहनुपर्ने अबस्था यसकारण पनि आयो कि गाउको नेट तथा बत्तीको उपलब्धता भरपर्दो थिएन । यसैबिच सरकारले पटकपटक लगाएको लामो लकडाउन २०७७ साउन ६ गते १२ बजे बाट हटाएको खबर यत्रतत्र फैलियो । समय अनुकुलै चलेको थियो । कलेजको इन्टरनल परीक्षाको रुटिन आयो । असोज २ गतेबाट अनलाइ बिधीको प्रयोग गरी कलेजले परीक्षा लिने भयो । परीक्षा कै तयारीमा ब्यस्थ हुदै परीक्षा सक्काइयो ।

असोज १५ घरबाट आमा दाङ्ग आउनु भएको थियो । खास गरी दिदि बिरामी हुनुुहन्थ्यो,अबस्था बुझन र दाइको छोरो इशानलाइ गाउ लैजान आमा आउनुभएको थियो । आमा १६ गते रुकुम फर्कनुभयो । दिदि र भेना १७ गते दिदिको उपचारका लागी काठमान्डु लाग्नु भो । म एक्लै कोठामा भए । १८ गते बिहान जिउ दुखेको र सामान्य जिउ तातेको अबस्था थियो । खासै वास्था भएन,एक दुइ ओटा नियमित काम गरीयो । १८ गते बेलुका खाएर सुतियो ,राती धेरै ज्यरो आयो,ज्वरो १०२ डिग्री क्रस थियो । रातभर छटपटीमा बित्यो ।

बिहान सिटामोल किनेर खाइयो, ज्वरो ९९ म झरेको थियो । साझ त्यती खान रुचि भएन । तातो पानी खाएर एउटा सिटामोल खाइ सुते,राती फेरी ज्वरोको मात्रा निकै बढ्यो । १०२।७ डिग्रीको ज्वरोले रातभरी उस्तै सकस बनायो । ज्यान साह्रै सुस्त भइसकेको थियो । २० गते बिहान अबेर सम्म उठ्न सकीएन,ज्यान तातेर भुङ्गग्राको तावा जस्तो भएको थियो । १० बजेतिर राप्ती केयर हस्पीटलकी पहीलेदखी चिनेको अनु म्याडमलाइ फोन गरे र गाह्रो भएको बताए । यहाले डा।बिनोद रानालाइ भेटेर कुरा गर्न भन्नु भो । अस्पताल गए,ज्यरो १०० मा थियो, छाती गहु्रगो भएको थियो । डा. रानाले टाइफाइटको शंका गर्नु भो ।

रगत,पिसाब टेष्ट र छातीको एक्सरे भयो । केही देखीएन । डा।ले एन्टीबायोटिक ३ दिनका लागी खान र बिशेक भएन भने फेरी आउन भन्नु भो । म औषधी लिएर कोठामा आए । साझबाट औषधी चलाए । तर औषधीले कहीकतै छोएको आभाष भएन । दिदि भेना काठमान्डुबाट फर्कीसक्नु भएको थियो । तीन दिन भनेको औषधी दुइ दिन खादाखादै ज्वरो उस्तै,खोकी,छाती दुख्ने र खाना फिटीक्कै मिठो नहुने भइसकेको थियो । जिउ गलेर लत्रिने अबस्था भइसको थियो । उन्नाइसको बिस नभएसी २२ गते फेरी राप्ती केयर हस्पीटल गए । फेरी सबै टेष्ट लिइयो ।

छातीको खराब स्थीति भएको भन्दै इन्फेक्सन छातीमा बढेको डा।रानाले बताउनु भयो । वहाले फेरी ५ दिनको इन्टिबायटिक दिदै तीन दिन खान र निको नभए पिसीआर गर्न सुझाउनु भो ।
ज्वरो अत्याधिक बढीरहयो १०३।४ सम्म ज्वरो,छाती दुख्ने,खोकी,सासा फेर्न गाह्रो हुने लगायतका लक्षणले मलाइ झनझन शिथिल बनाउदै लियो ।औषधीले कुनै काम गरेन । २३ गते पछाडी अबस्था ज्यादै बिग्रीयो मेरो ।

राती ज्वरोले यती सम्म बनाउथ्यो की अब म मुुटु फुटेर मर्छु,,बाच्दीन सम्म हुन्थ्यो । मुटुको चाल बहुत जोडले धट्कन्थ्यो, दिमाग अकै हुन्थ्यो । यसैबिच गाउको भाइ उत्तम डागी यातायात ब्यबस्था कार्यालयमा जागिरे छ ,उ पनि बिरामी थियो । यस्ले २३ गते बेलुका भेनाजुलाइ फोन गरेर आफु एउटा धामी कहाँ गएको र आफुलाइ धेरै हल्का भएको र निको हुने चरणमा रहेकाले एकचोटी त्यहा लिनुपर्ने बताए छ । बिहान उत्तमले उसैको कार्यालयको गाडीमा मलाइ त्यो धामीकोमा लिएर गयो । धामीले धेरै बिधिबिज्ञान पुरा गरेर ग्रहदशा शान्त पार्नु पर्ने उपचार सुनायो । तर सबै दृश्यहरु मलाइ याद छैन त्यो दिनको , कसरी गइयो,केके भयो । म सायद अर्धचेतमा थिएँ । ज्यरोले मलाइ यो हालतमा पुराएको थियो । मान्छेलाइ अबस्था नाजुक हुन थालेपछी अनेक चिजमा बिश्वास हुने रहेछ ।

२३ गते बित्यो,२४ गते पनि दिनभर अनेकरुपमा छटपटाउदै बित्यो । असोज २५ गते बिहन दिदि भेनाको सल्लाहमा पिसीआर टेष्ट गर्न राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठानमा जाने निधो भयो । उत्तम डागी भाइको कार्यालयको गाडीमा हामी तीन जना म,भेना र उत्तम जाने भइयो । कार्यालय प्रमुख रबिन्द्र केसी सरले सहजै गाडी उपलब्ध गराउनु भो हामी स्वाव दिन घोराही हानियौं । तीन जनाले स्वाव दिएर आइयो । भेनामा कुनै लक्षण थिएन तर पनि दिने निर्णय भो । उत्तमलाइ खोकी थियो । हालत मेरो खराब भएकाले भेनाले मामा नाता पर्ने रौनियर पोलीक्लीनिकमा फोन गरी अबस्था बताउनु भयो । वहाले आफुकहाँ आउन र डाक्टरलाइ देखाउन भन्नु भो । रौनियार पोलीक्लीनिक गइ डाक्टरलाइ देखाइयो । डाक्टरले ज्वरो र खाली पेट हुनाले आन्दा्र सबै सुन्नीएको अवस्थामा छन ।

छातीमा समस्या छ, अस्पतालमै बसेर उपचार गर्न सुझाए । मुखबाट केही नलिइ सबै चिज इन्जेक्सन र सलाइनबाट चढायौं । घण्टाघण्टामा सलाइन दिराखेको थियो । कयौ घण्टाहरुसम्म सलाइनबाट केके चढाइराखीयो । छाती झनझन दुखीरहेकै थियो , सास फर्न गाह्रो भएकै थियो । अथाहा सलाइन र इनजेक्सन दिइ राखीयो, २६ गते बिहान ११ बजे पिसीआर रिपोर्ट हामी तीन जनाको पोजिटीभ भएको खबर घोराहीबाट खीम डी।सी। दाइ मार्फत थाहा पाइयो । मन झन आत्तीयो । भक्खरै १५ बर्षे एक किशोर कोरोनाबाट दाङ्गमा बितेको खबर कानमा पुनारावृती हुन थाल्यो । शरीर गलेर उठ्नै नसकीने भैसकेको थियो । भेना अफिस जानु भएको थियो भने उत्तम भाइ मसँगै थियो । अब कोरोना संक्रमित भनौ भने अस्पतालबाट डिसार्च गर्दीन्छ भन्ने डर नभनौं भने अस्पतालमा अरुपनि संक्रिमित होलान भन्ने सोच ।

दुबिधामा परीयो, तर साझसम्म अस्पताललाइ नभन्ने सल्लाहमा पुगियो । ज्यरो १०० को वरीपरी भइहेको थियो । भेना पनि संकिमित भएको खबर झन पिडा थपेको थियो । दिदिलाइ पनि संक्रमण भयो होला भन्ने भयले सताइरह्यो । साझ ४ बजेतिर भेना अफिसबाट सिधै अस्पताल आउनु भयो । वहाले आफनो रिपोर्ट थाहा पाइसक्नु भएको रहेछ । साझ ५ बजेतिर भेनाले अस्पताललाइ सबैको कोरोना रिपोर्ट जानकारी गराउनु भयो । सबै स्टाफ संशकित भएझै दृश्य देखीयो । डाक्टरले अस्पतालमा झन संक्रमण फैलन सक्छ कोभिड अस्पतालमा जान सुझाए ।

कोठामा आइसुलेसनमा बस्दा झन खतरा हुन सक्ने लागेर भेनाले कोभिड अस्पतालमा बस्नलाइ धेरै बुझ्नु भो ,कहीकतै बेड नभएको घरैमा बस्नुपर्ने खबर आयो । कोभिड अस्पतालमा संम्भव नभएपछि हामी कोठामै बस्नु पर्ने निर्णय सहीत अस्पतालबाट फकीयौं । उत्तम भाइ आफनै कोठामा र भेना र म हाम्रै एउटा कोठामा आइसुलेटीट भएर बस्न थाल्यौं । अस्पतालले दिएको एन्टिबायोटिकहरु खान शुरु गरीयो तर ज्वरो सामान्य अबस्थामा फर्केको थिएन । २७ गते सम्म पेटमा आन्दाहरु सुनिएको भन्दै पानी बाहेक मुखबाट केही नखाने डाक्टरको सल्लाह थियो ।
२७ गते साझबाट केही झोलहरु लिन थालियो ।

ज्वरो १०० डिग्रीमा आएर स्थीर थियो । १०३ डिगी्र ज्वरो भोगेको शरीरले १०० डिग्रीलाइ सामान्य जत्तीकै पाचाइरहेकै थियो । २८ गते बिहान देखी ज्वरो ९९ डिग्रीमा आए बसेको थियो । छातीमा समस्या र खोकी छदै थियो । भेनालाइ केही लक्षण थिएन,वहा सामान्य अवस्थामै हुनुहुन्थ्यो । कोरोनाको रीपोर्ट आएर यती हुदासम्म पनि न स्वाव संकलन भएको ल्यावबाट ,न कुनै निकायबाट हामीलाइ कहीकतैबाट फोन या खाजीखबरी केही भएन । कहा बसेको छ, के अबस्था छ ,कुनै निकायले खोजखबर गरेन बरु धुप्रै सुभचिन्तकहरुले सयौं कल ,मेसेज गरीरहनु भो । सरकार किन यती निरीही भएछ भन्ने लागीरह्यो ।

कार्तीक १ गते बेलुका देखी ज्वरो घट्ने क्रममा रह्यो ,छाती गहु्रगो थियो तर सास फेर्न सहज हुन थाल्यो । खोकी उस्तै थियो । ११ के।जि। वजन घटी सकेको थियो । कार्तीक २ गतेदेखी अलि तंग्रीए जस्तो भयो,भोक लाग्न, खानामा स्वाद लाग्ने हुन थाल्यो । ज्वरो ९८ डिग्रीमा स्थीर भयो ।
यसरी कोरोना संक्रमण सँग जुधिरहेको छु । शरीर कमोजोर छ, खोकी छ,छातीमा सामान्य समस्या छ । केही दिनमा अर्को टेष्ट गर्ने सोचमा छु । यो बेला सरकारका कुनै निकायाले कुनै वास्ता नगरेपनि दुखमा सम्झने,वास्ता राखीरहने सबै अग्रज शुभचिन्तकहरु प्रती आभारी छु । आँफु संक्रमित भएपनि हौसला दिइरहने भेना चित्र र भाइ उत्तम डाँगी र अस्वस्थ्य भएर पनि हामी संक्रमितको ख्याल गर्ने प्रिय दिदि पबिता प्रती सदा ऋणी छु ।

अहीले यो नोट आइसुलेशन बेडबाट लेखेको छु, आशामा छिट्टै तंग्रीने छु । सामान्य दैनिकीमा फर्किने छु । तपाइहरुको मायाले,सद्भावलाइ अब मलाइ यो बेडमा रहीराख्न दिने छैन ।
लेखक खड्का कोरोनासँग जुधिरहनु भएका संक्रमित हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here