हेटौंडा– हेटौंडाका गायक गहन खतिवडा र अन्जन ढकालले तिहारमा देउसी खेल्ने परम्परालाई नयाँ शैलीमा ढालेर नयाँ गीत सार्वजनिक गरेका छन् ।

लोक परम्परागत शैलीलाई नयाँ पुस्ताले कम चासो राख्ने गरेको कारण फरक स्वाद र्यापमा दिइएको गायक खतिवडाले बताए । र्याप भर्सनमा ह्याप्पी तिहार गीत गत बुधबार युवट्युवमार्फत सार्वजनिक गरिएको हो । गायक ढकालको चिल अफिसियल नामक युवट्युव मार्फत गीत सार्वजानिक गरिएको हो । र्यापमा रमाउने वर्तामान युवाहरु र लोक भाकामा रमाउने पुस्ताहरुले एकैसाथ गाउन र रमाउन सक्ने गरी गीत तथा भिडियो बनाइएको उनले बताए ।

गीतमा स्वर भर्नुका साथै अभिनय समेत गरेका खतिवडाले बालबालिका, युवा र वयश्कहरु आपसमा चाडपर्व, कला संस्कृति जोगाउन लागिपर्नु पर्ने बताएका छन् । विश्व नै कोरोना भाइरस (कोभिड) को कारण विषम परिस्थितीमा रहेको बेला गीतमा कोरोना जित्नको लागि आत्मबल आवश्यक हुने छनक पनि ल्याउन खोजिएको छ ।
गीतमा र्यापर चिल र गहन खतिवडाको शब्द र स्वर, स्वंम ढकालको संगीत, आर्दश पराजुली र शेखर दाहालको सम्पादन, छायाँकन तथा निर्देशन रहेको छ । र्याप गीत संगीतलाई हेर्ने दृष्टिकोण फरक रहेको भन्दै देउसी गीतमा र्याप समिश्रण गरी विचार परिवर्तन गर्ने कोशिस गरेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here