हेटौंडा– शिक्षक सेवा आयोगको सदस्यमा हेटौंडाको आधुनिक माविका प्रधानाध्यापक बीरवंश बैठाले आवेदन दिएका छन् । दुई जना सदस्य पदका लागि आवेदन आह्वान गरिएकोमा हेटौंडाका बैठासहित २५ जनाले आवेदन दिएका छन् ।

शिक्षक सेवा आयोगको अध्यक्षका लागि ४ जनाको दरखास्त परेको छ । नेपाल सरकारको विशिष्ट श्रेणीको अनुभव प्राप्त अर्थात सचिवबाट अवकाश भएको व्यक्ति आयोग अध्यक्ष हुन सक्ने व्यवस्था रहेको छ । आयोगको सदस्य र अध्यष पदका लागि आवेदन दिने समय आइबार सम्म तोकिएको थियो । आजको समृद्ध समाज दैनिकमा समाचार छापिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here