हेटौंडा– कोरोना भाइरसको संक्रमणबाट मकवानपुरकी थप एक जना महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–८ की ५७ वर्षीया महिलाको चितवनको भरतपुर अस्पतालमा निधन भएको हो ।

उनको निधनसँगै कोरोना भाइरसको संक्रमणबाट निधन हुने मकवानपुरबासीको संख्या ३० पुगेको छ । उनी ज्वोरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि मंसिर ५ गते भरतपुर अस्पतालमा भर्ना भएकी थिइन् । कोभिड आईसियुमा राखेर उपचार गरिएकोमा उपचारकै क्रममा उनको बुधबार राति ११ बजेर ४५ मिनेटमा मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ ।
त्यस्तै मकवानपुरमा बिहीबार २९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् ।

हेटौंडामा रहेको कीटजन्य रोग तथा अनुसन्धानमा रहेको प्रदेशीक प्रयोगशालामा गरिएको परिक्षणमा १३ महिला र १६ पुरुष गरी २९ जनामा कोरोना पुष्टि भएको हो । संकमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका २२ जना, थाहा नगरपालिका र मनहरी गाउँपालिकाका दुई÷दुई जना, भिमफेदी गाउँपालिका, बारा कोहल्भीका र सर्लाही बर्सरियाका एकरएक जनामा रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वाथ्य निरीक्षक भोला चौलागाईले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here