भारतको राजकोटमा रहेको कोभिड १९ अस्पतालमा आगलागी हुँदा पाँच जना संक्रमितको मृत्यु भएको छ ।

माभ्दी रोडमा रहेको अस्पतालको आइसीयूमा आगो लाग्दा ज्यान गुमाएका पाँचै जना वृद्ध रहेको भारतीय संचार माध्यमले जनाएका छन् । स्थानीय समय अनुसार बिहीबार राति १२:४० मा आगो लागेको हो । ५४ बेड रहेको उदय सिभानन्द अस्पतालमा डाक्टरसहित चार जना कर्मचारी रहेपनि उनीहरुले आगो निभाउन सकेनन् । अस्तालमा रहेका ३३ बिरामीमध्ये बाँकि २८ जनालाई सुरक्षित ठाउँमा सारिएको खबरमा उल्लेख छ ।

आइसीयूमा रहेका ११ मध्ये तीन जना बिरामीको तत्काल मृत्यु भएको हो । अरुलाई अर्को अस्पतालमा सारिएको छ । आगलागीमा परि ज्यान गुमाएकालाई प्रतिव्यक्ति चार लाख रुपैयाँ दिने गुजरात सरकारले घोषणा गरेको छ ।
आगलागीको कारण भने खुलेको छैन । यसबारे अनुसन्धान थालिएको त्यहाँको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here